काठमाडौं/ दोलखाको मेलुङ्ग गाउँपालिकाको पवटीस्थित सत्यस्वर मावि मतदान केन्द्रमा गोली प्रहार भएको छ । घटनामा एक जनाको ज्यान गएको छ ।

मतपेटिका लुट्न पगेको समुहमाथि गोली प्रहार भएको प्रहरीको भनाई छ । प्रहरीको गोली लागेर एकको मृत्यु भएको दोलाखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

‘मतपेटिका लुट्न आएको समुह र प्रहरीबीच भीडन्त भएको हो’ सहायक प्रजिअ भट्टले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’

दोलखामा आईतबार विहानैदेखि झड्पका घट्ना भईरहेका छन् ।

पवटी गोलीकाण्ड अघि दोलखाको वैतेश्वर गाउँपालिकाको क्षेत्रपा, तामाकेशी गाउँपालिकाको शहरे र शैलुङ्गको भुसाफेदामा भएको झड्पका क्रममा करिब आधा दर्जन घाईते भएका थिए ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झड्पका कारण घाईते भएकालाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।

जिल्लाको वैतेश्वर गाउँपालिका क्षेत्रपामा भएको झड्पका कारण रोकिएको मतदान प्रक्रिया सुचारु भएको छ ।

त्यस्तै शैलुङ्ग गाउँपालिकाको भुसाफेदामा पनि झड्पका कारण रोकिएको मतदान प्रक्रिया सुचारु भैसकेको छ