काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेपछि सत्ता पक्षले केही ठाउँमा बल प्रयोग गरेको बताए । उनले देशभर निर्वाचन उत्साहजन भइरहेको बताएका छन् । तर दोलखा लगायतका केही ठाउँमा सत्ता पक्षले बल प्रयोग गरेको उनले आरोप लगाए । उनले यो विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको समेत बताएका छन् ।=

ओली सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर ओलीले मतदान गरेका थिए । उनले दोस्रो चरणको निर्वाचनको बारेमा पनि खासै बोल्न चाहेनन् । उनले दोस्रो चरणको निर्वाचनको विषयमा पछि छलफल गर्ने बताएका छन् ।