धरान/कुख्यात भारतीय अपराधी बब्लु दुवेको अदालत परिसरमै गोली हानी हत्या भएको छ । दुवेलाई अदालतमा पेस गर्ने क्रममा अज्ञात समूहले अदालतपरिसरमै गोली हानी हत्या गरेको हो । बर छअाजको राजधानी दैनिकमा ख– भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मिथिलेश दुवेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेस गर्न लैजाने क्रममा प्रहरी घेराभित्रै गोली हानिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सुरक्षा घेरामा रहेका बब्लुलाई अदालतपरिसरमै तीन जनाको संख्यामा आएका हतियारधारीले गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतिया सहरमा रहेको अदालत परिसरमा उनको हत्या भएको हो । ‘मुद्दाको पेसीका लागि पटना जेलबाट उनलाई प्रहरीले भ्यानबाट अदालतमा पु¥याएको थियो । अदालत परिसरमा भ्यानबाट झर्दै गर्दा उनलाई प्रहरीको बीचमै गोली हानियो,’ स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतबाट प्रकाशित दैनिक जागरणको अनलाइन संस्करणले लेखेको छ । मोटरसाइकलमा हतियारसहित आएका दुई नकावधारीले तीन राउन्ड गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बेतिया प्रहरीले जनाएको छ । अदालत परिसरमा गोली लागेर ढलेपछि उनलाई उपचारका लागि महारानी जानकारी कुँवर अस्पताल पु¥याइएको थियो । त्यहीँ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । बब्लु दुवे भारतका विभिन्न ठाउँमा आपराधिक क्रियाकलाप गरी नेपालमा लुकेर बस्दै आएका थिए । दुवेले पहिलोपटक सन् २००१ मा भारतकै शिवशंकर दुवेलाई छुरा हानी हत्या गर्ने प्रयास गरेका थिए । सोही अभियोगमा उनले जेल सजाय काटिसकेका थिए । त्यस्तै, उनले सन् २००२, २००५, २००७, २००९ मा पटकपटक बैंक लुटपाट तथा हत्याको मुद्दामा पक्राउ परी १० वर्ष जेल सजाय काटिसकेका थिए । उनलाई नेपाल प्रहरीले विशेष सुराकीको आधारमा १५ जेठ, २०७० मा सीतापाइलाको एक गेस्ट हाउसबाट पक्राउ गरिएको थियो । भारत सिसुवाथान पूर्वी मोतिहारीका ३४ वर्षीय दुवे नेपाल छिरेको खबर भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको थियो । नारायणी अञ्चलका तत्कालीन प्रमुख एसएसपी सर्वेन्द्रनाथ खनालको नेतृत्वमा आएको टोलीले आठ महिनापछि उनलाई पक्राउ गर्न सफल भएको थियो । सुरुमा नेपालमा उनीविरुद्ध मुद्दा चलाउन खोजिए पनि उनीमाथि लागेको अभियोग पुष्टि नभएपछि विहार पुलिसलाई अनौपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । उनलाई एक सातासम्म पर्साको प्रहरी थुनामा राखी नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । नेपालमा उसको कुनै अपराध ठहर नभएपछि २१ जेठ, २०७० मा भारतीय प्रहरीको जिम्मा लगाएको थियो । दुवेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको थियो । नेपाल प्रहरीले उनलाई विहार प्रहरीलाई बुझाउँदा नेपालमा विरोध भएको थियो । वीरगन्जका एक बालकको अपहरणमा उनको संलग्नताको आरोपमा प्रहरीले उनलाई नेपालमा पक्राउ गरेको थियो । यस्तै, वीरगन्ज–रक्सौल क्षेत्रमा उनको समूहले हत्या, अपहरण फिरौती, हातहतियार तथा चन्दा आतंक फैलाउँदै आएको थियो । उनले जेलबाट पनि नेपाली व्यवसायीलाई आतंकित पार्दै आएका थिए । गत वर्ष उद्योगी सुरेश केडियाको अपहरणसमेत बब्लु समूहले नै गरेको नेपाल प्रहरीले दाबी गर्दै आएको छ । जेलभित्रै रहँदा उनले केडियाको अपहरण योजना बनाई आफ्नो समूहलाई सक्रिय बनाएको बताइन्छ । बब्लुको समूहले अपहरण गरेका केडियालाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले भारत पुगेर अपहरण मुक्त गरेको थियो । बब्लुले स्थापना गरेको विहार पिपुल्स लिबरेसन आर्मी नामको एक आपराधिक समूहले भारतका विभिन्न ठाउँमा ३० जनाको हत्या गरिसकेको छ भने सीमा क्षेत्रका नेपाली व्यवसायी तथा उद्योगी पनि यो समूहबाट पीडित हुँदै आएका थिए