विजयपुर/वडा प्रहरी कार्यालय धरानले ‘म्याद नागेका’ चल्लाहरु बरामद गरेर नष्ट गरेको छ ।पशु सेवा कार्यालय चितवनले गत बैशाख २४ गते ७२ घण्टा भित्र बिक्रि बितरण गरि सक्नु भनेर अनुमती दिएका चल्लाहरु बरामद गरेर नस्ट गरिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख सई जसमान लिम्बुले जानकारी दिए ।
भारतको कलकत्ता घर इटहरी बसोबास गर्ने भएका बाबुराली सरदार र मासुम मुल्हाले बिक्रिका लागि ल्याउदै गरेको चल्ला प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
बरामद गरिएका चल्लालाई इलाका पशु सेवा कार्यालय धरानका प्रमुख रामआशिस यादब,प्रहरी र सर्बसाधरणको उपस्थीतीमा चल्ला नष्ट गरिएको सई लिम्बुले जानकारी दिए । पशु सेवा कार्यालयले तोकेको समय सिमा भित्र ब्यबस्थापन नगरिए चल्ला बिक्रि बितरण गर्नु अबैध मानिने उनले बताए ।