चर्चित गीत कालेदाइको ‘पर्व’ फिल्म जेष्ठ १२ गते हलहरुमा प्रदर्शन हुदैछ । क्लासिक, नोभेम्बर रेन, आइएम सरी लगायतका चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश राउतसँगको अन्तरङ्ग :  ‘पर्व’ फिल्मको रिलिज डेट नजिकिदै छ, फिल्म आजको मितिसम्म तयारीमा छैन किन होला ? जुन हिसाबले हामीले फिल्म रिलिज डेट तोकेको थियौं त्यही अनुसार ‘काले दाइ’ गीत बजारमा ल्यायौं अनर्फचुनेट्ली अान्तरिक कारणले फिल्मको तयारी गर्न सकेनौँ । अब पोस्ट प्रोडक्सनको काम लगभग सकिन लागेको छ । जेष्ट १२ गते पर्वको रिलिज हुदैछ । प्रेम कहानीलाई पर्दामा ल्याउन खप्पीस निर्देशक हुनुहुन्छ तपाई । तर, यस पटक थ्रिलर फिल्म गर्दै हुनुहुन्छ, अनुभव कस्तो रह्यो ? यो फिल्म गर्न मेरो लागि धेरै नै च्यालेन्जिङ थियो । पहिलेदेखिको भै रहेको रेर्कड ब्रेक हुने हो की भन्ने डर  छ । तर साथीहरुको सल्लाह, अडियनसको प्रतिकृयालाई मनन गरेर मैले यो फिल्म गर्ने निर्णय लिएको छु । १२ गतेको समयलाई पर्खिम नतिजा के आउने हो । आशा छ पहिलेको फिल्मलाई जस्तै यस फिल्मलाई पनि दर्शकले रुचाउनु हुनेछ । तपाईले अधिकांस फिल्ममा आर्यनलाई खेलाउनुहुन्थ्यो, यस फिल्ममा चाही आर्यनको सट्टा कोशिस क्षेत्रीलाई ल्याउनु भएको छ । किन, कि आर्यनसँग सम्बन्ध बिग्रिएर हो? यो विषयमा आर्यनसँगै सल्लाह गरेर नै फिल्मको पात्र चुनेका हौं । कोसीसको अगाडीकाे फिल्म  हेरेको थिए । पर्वको लागि सही पात्र कोशिस हुन सक्छ भनेर उसलाई फिल्ममा अफर हौं । प्रमोसनको तयारी कस्तो हुदैछ ? त्यही हो सोसियल मिडिया, रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुबाट नै प्रमोसन गर्ने छौ । यस पटक समय एकदम कम छ उपत्यका भित्रबाटै प्रमोसन गरिन्छ । काले दाई यती चर्चामा आयो फिल्मले त्यती चर्चा पाउला त ? काले दाई गीत हेरेर फिल्म हेर्न आउने दर्शक हुनुुहुन्छ होला । प्रोमो हेरेर फिल्म हेर्न चाहनु हुने पनि होला । रोमान्टिक थ्रिलर फिल्म हो । अरु फिल्ममा जति नै मेहेनत गरेको छु । यस फिल्मलाई अझ बढी गरेको छु । आशा छ पोजेटिभ रेस्पोन्स आउने छ भनेर । पर्वमा के छ जुन पहिलेको फिल्महरुमा छैन् ? सस्पेन्स छ, थ्रिलर रोमान्टिक फिल्म हो । यसको भित्री कुरा लुकाइएको छ । यस फिल्मले सन्देश दिन खोजेको छ । पुरा कुरा थाहा पाउन हलसम्म जानु पर्ने हुन्छ । ह.ह.ह.ह.ह... हरेक पटक आर्यन सिक्देल र नम्रता श्रेष्ठसँग एकसाथ देखिनु हुन्छ, यो मित्रता नै हो ? पक्कै पनि, सबैभन्दा ठुलो कुरा बिचार हो । हाम्रो बिचार मिलेर नै एकसाथ छौ । कामको सिलसिलामा हामी सधै एकसाथ नहुन सक्छौ तर हाम्रो बिचार र मन मिलेकै हुनेछ । आर्यनको ब्यानरमा अर्को फिल्म ‘टकिला सनराइज’ सँगै गर्दैछौ । फेरी एकसाथ आउछौं । पर्व कति लगानीमा बनेको फिल्म हो ? एक करोडको हाराहारीमा बनेको छ । फिल्मबाट लगानी नउठ्ला भन्ने छैन । काले दाइले यती चर्चा पायो । अहिले त सजिलो छ विदेशमा प्रदर्शन गरेर, युट्युवहरुबाट पनि लगानी उकास्न सक्छौ । नायिका नम्रता श्रेष्ठको मनपर्ने बानी ? काम गर्दा राम्रोसँगले गर्ने । अरुबेला रमाइलो गरिरहने भए पनि सुटिङ टाइममा सिरियस भएर काम गर्ने बानी राम्रो लाग्छ । प्रस्तुतीः रिता लामा