धरान/वर्ड वारियर्ज स्पोकन वोर्ड कविता समुहले ‘राइट टु स्पिक’ प्रोजेक्ट अन्तर्गत पहिलो चरणको परिचयात्मक भ्रमण कार्यक्रम धरानमा गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा परिचयात्मक कार्यक्रम गर्दै वल्र्ड वारियर्जका सदस्यहरुले कविता वाचन गरेका छन् । आफ्नै अनुभवमा कविता लेख्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उनले पनि कविता प्रस्तुत गरिन् । त्यस्तै वारियरका सदस्य नवराज पराजुली, क्याम्पसका विद्यार्थीहरु सुस्मा लिम्बू, मदन राईलगायतले कविता बाचन गरेका थिए । यो संस्थाले कविता सम्बन्धी वर्कसपसमेत चलाउने गरेको छ भने त्योसँगै प्रस्तुतिकरणमा पनि जोड दिने गरेको छ ।