धरान जेसिजको आयोजनामा बैसाख १५ गते सम्पन्न टेष्टी टेष्टी मिस एसईईको चौथो संस्करणकी विजेता निशाम लिम्बूसँग गरिएको ग्याजेट टक: टेष्टी टेष्टी मिस एसईईमा कतिसम्म आउँछु जस्तो लागेको थियो ? ३३ जना पार्टिसिपेन्ट नै प्रिजर्भिङ थियौं । त्यो दिन मैले सबैकोमा कन्फिडेन्ट लेभल बढेको देखेँ । साथसाथमा मेरो पनि कन्फिडेन्ट लेभल बढेको थियो । नो वान लेस देन एनी वान क्या । तर, ममा आत्मविश्वास थियो । आइ वाज कन्फिडेन्ट । म टप फाइभमा पर्छु । मैले गर्ने हार्डवर्क, मेलै जति डेडिकेसन देखाको थिए । त्याे हिसावले पर्छु हाेला भन्ने थियाे । टप १० मा नाम आयो । त्यसपछि कन्फिडेन्स लेभल झनै बढ्यो । टप १० मा आएपछि जित्छु जस्तो लागेको थियो कि थिएन् ? टप १० मा आएपछि चाही जित्छु जस्तो लागेर आयो । किनकी टप १० मा परेपछि ओरल्ली प्रश्नमा राम्रै भयो । टप फाइभको नाम बोलाउँदा दोस्रो नम्बरमा बोलाउनु भयो । विस्तारै विस्तारै एक्पेक्टेसन बढ्यो । त्यसपछि जित्छु जस्तो लाग्यो । ताज जितेपछि सबैभन्दा सुरुमा कस्लाई सम्झ्यौं ? सबैले भगवानलाई सम्झिनुहुन्छ । मैले पनि भगवानलाई सम्झे । मैले मेरो भगवान, बुबाआमालाई सम्झे । ताज जितिसकेका छौं अव के गर्छु भन्ने लागेको छ ? क्राउनसँगै जिम्मेवारी पनि बढेको छ । जिम्मेवारी पनि निभाउछु भन्ने लागेको छ । युथहरुलाई मोटिभेसन गर्ने, चाइल्डहरुलाई एडुकेट गर्ने, अवारनेस गर्ने । युथहरुलाई इस्पायर गर्ने, सोसियल वर्कहरु गर्छु । प्रमुख निर्णायक मिस नेपाल सुविन लिम्बूले सोधेको प्रश्न याद छ ? उहाँकाे प्रश्न अनुसार अव तिमी के गर्छौ ? म युथहरुलाई मोटिभेट गर्छु, चाइल्ड हेरेसमेन्टको केसमा युथहरुमा आवाज उठाउछु । धरानलाई छिटो विकास गर्न के गर्नुपर्ला ? शिक्षा सबैभन्दा महत्वपूर्ण हो । तर, शिक्षा दिँदा समय लाग्छ । त्यसको लागि अवारनेस हो । अवारनेस गर्दा छिटो पनि गर्न सक्छौं । धेरै मान्छेहरुले नलेज पनि पाउन सक्छ । आफ्नो होमटाउनलाई विकास गर्न सक्छौं । प्रस्तुतीः भाेजराज श्रेष्ठ