काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारी राजकिय भ्रमणको लागि भारत प्रस्थान गरेकी छन् । भारतिय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गदै राष्ट्रपति भण्डारी सोमबार भारत प्रस्थान गरेकी हुन् ।
पाँच दिनको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत र शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवसहित ३४ सदस्य रहेका छन् । पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डरीले गुजरात र उडिसा राज्यको भ्रमण गर्ने तालिका रहेको छ । सरकारले कात्तिक १७ गते भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणमा पनि सार्वजनिक बिदा दिएको थियो ।
राष्ट्रपतिका भण्डारीको यो पहिलो राजकिय भ्रमण हो ।पाँच दिनको भ्रमण पश्चात राष्ट्रपति शुक्रबार स्वदेश फिर्ता हुनेछिन् । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र स्वदेश फिर्ता हुँदा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारी भारत प्रस्थान गर्दा आज (सोमबार) र स्वदेश फिर्ता हुँदा शुक्रबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।