विजयपुर/ कोशी गाउँ पालिका अन्र्तगत श्रीपुरका आगलागि पीडितलाई एमाले सुनसरीले राहत उपलब्ध गराएको छ । चैत ३१ गतेको आगलागिबाट पिडित भएका ४५घरका १ सय ६० जनालाइ एमाले सुनसरीले राहत उपलब्ध गराएको हो ।

एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेतका अनुसार श्रीपुरका आगलागिपीडितलाई एमाले सुनसरीले करिव डेढ लाख वरावरको खाद्यन्न राहत सामाग्री उपलव्ध गराएको हो ।

बस्नेतका अनुसार प्रत्येक घर परिवारलाई चामल , तेल , नुन , झु्ल , सावुन लगायग सामाग्रि उलव्ध गराएको हो । यस अघि पनि एमाले सुनसरीले सुनसरीका विभिन्न गाउँ तथा नगरमा दैवी प्रकोपमा परेकाहरुलाई पीडित सम्म पुगेर राहत सामाग्री वितरण गर्दै आएको थियो ।

उपाध्यक्ष बस्नेतले निर्बाचन आचारसंहिता लागु भएको बेला यसरी सामाग्रि बितरण गर्न नभएपनि दैबिप्रकोपबाट पिडितहरुलाई मानबिय भावनाले मात्र सहयोग गरेको जानकारी दिए ।