विजयपुर/धरानमा सबै भन्दा धेरै मतदाता रहेको तथा एमालेले पकड जमाउदै आएको धरान १५ मा शनिबार एमालेले १हजार १ सदस्य निर्वाचन परिचालन कमिटि गठन गरेको छ । वडा इन्चार्ज बकसमान गुरुङको संयोजकत्वमा एमाले १५ नम्बर वडाकमिटिले गठन गरेको हो । वडा कमिटिको शनिबार भएको भेलाले वडा निर्वाचन परिचालन कमिटिको सह संयोजक वडा अध्यक्ष रौदी शाह चयन गरेको छ । भेलाले प्रचार प्रसार उप समितिको संयोजकमा रुपक श्रेष्ठ , सह संयोजकमा बालद भट्टराई , युवा परिचालन उप समितिको संयोजकमा कुमार भारति र सहसंयोजकमा तिलक राई तथा स्वमसेवक परिचालन उप समितिको संयोजक हिमाल लिम्बु र सह संयोजकमा आनन सुब्बालाई जिम्ेवारी दिएको छ । जेष्ठ नागरिक समन्वय समितिको संयोजक इन्द्रदिप पोख्रेल र सहसंयोजक रंगलाल गिरि रहेका छन् भने बुद्दिजिवि परिचालन समिति संयोजक लक्षिम बानिया र सह संयोजक कमला देवी खड्का रहेकी छन् । आर्थिक व्यवस्थापन उप समितिमा नरेश इवारमालाई संयोजक र बकस मान गुरुङलाई सह संयोजक बनाइएको छ भने जन परिचालन उप समितिको संयोजक गणेश इवाराम र सह संयोजक ज्ञानेन्द्र वस्नेत रहेका छन् ।