विजयपुर/नेकपा (एमाले) धरान ९  नम्बर  वडा कमिटीले  वडा समितीको कार्यालय तथा निर्बाचन प्रसार प्रसार समितीको कार्यालय उद्घाटन गरेको छ । वडा कार्यालय तथा निर्बाचन प्रचार समितीको कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी संसद कृष्णकुमार राईले स्थानिय तहको निर्बाचनले धरानलाई साच्चिकै सुन्दर शहरको रुपमा बिकाश गर्ने बताए । कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकश गर्ने स्पस्ट भिजन एमाले सँग मात्र भएको बताउदै सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन नगरबासीलाई पनि आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिबालय सदस्य तथा एमाले धरानका इन्चार्ज प्रदिप भण्डारीले  एमालेले धरान र धरानबासिको भावनालाई कदर गर्दै बिकाशका काममा अगाडि बढ्ने बताए । कार्यक्रम एमाले ९  नम्बर  वडा समितीका अध्यक्ष शिव कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिब राम कुमार दासले सञ्चालन गरेका थिए । कार्यक्रममा एमालेका क्षेत्र तथा नगरका नेताहरुको पनि उपस्थिती रहेको थियो । ९ नम्मर वडामा एमालेले प्रचारका कार्यालाई तिब्रता दिईसकेको एमाले ९ नंम्मर वडा कमिटीका अगुवा रत्नकटुवालले बताए ।