काठमाडौं/ मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरिएका छन् ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्लोलनको घोषणा गरेको हो ।
बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।
चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएको छ ।