दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन्।

काठमाडौंको रत्नपार्कस्थिति शान्ति बाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विरोध स्वरुप अनशनको सुरुवात गरेका हुन्।

लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोध स्वरुप वैधानिक रुपमा दर्ता भएका सबै दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको माग सम्बोधन गरी चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन्।