काठमाडौं / सत्तासीन दलहरुले मधेसी मोर्चालाई छोडेर भएपनि तोकिएकै मितिमा चुनाव गर्ने निस्कर्ष निकालेका छन् । मधेशी मोर्चालाई मनाउन अन्तिम प्रयास गर्ने तर मोर्चा नआए चुनावमा जानेगरि सबै तयारी गर्ने निस्कर्ष सत्तासिन दलको बैठकले निकालेको छ । सत्तासिन नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुवीच प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलले चुनाव अब कुनैपनि हालतमा रोक्न नसकिने निस्कर्ष निकालेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए । सरकारले ल्याएको नयाँ संशोधन विद्येक अस्विकार गर्दै आन्दोलन घोषणा गरेको मोर्चालाई सहमतिमा ल्याउन झै प्रयत्न गर्नेबारे छलफल भएको उनले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा उपस्थित् थिए । प्रधानमन्त्री प्रचण्डले मुलुक अब निर्वाचनबाट ब्याक हुन नसकेकाले संविधान संसोधनमा के गर्ने भनेर सुझाव मागेका थिए । सत्तासिन दलका शीर्ष नेताबाट अब मोर्चासँग अन्तिम छलफल गर्ने तर मोर्चा नआए चुनावमा जाने सुझाव आएको उनको सचिवालयले जनाएको छ । ‘मोर्चाले पनि सहमति नचाहेको होकी जस्तो देखिन्छ अब चुनावमा जानैपर्छ’ प्रधानमन्त्रीको भनाई उदेत गर्दै स्रोतले भन्यो, ‘अब म अन्तिम प्रयास गर्छू सहमति नभए मलाई सबै दलको साथ चाहिन्छ चुनाव ३१ गते नै हुनुपर्छ । ’