काठमाडौं /गृहमन्त्री विमलेन्द्र निधी आफूलाई विपी कोइरालासँग तुलना गरेका छन । उनले वरियतालाई आफ्नो ब्यक्तिगत चाहना वा पदलोलुपता नभई समस्त कांग्रेसजन र लोकतन्त्रका लागि आफूले चालेको कदमको रुपमा हेर्न आग्रह समेत गरेका छन । प्रचण्ड नेतृत्वको सरकारले नै आफूलाई दुई पटक कार्यबाहक दिएको स्मरण गराँउदै उनले कमल थापाका कारण आफूलाई डोमिनेट गरिएको आफूलाई कदापी स्वीकार्य नहुने जनाएका छन ।
बरियता विवादका कारण मन्त्रिपरिषद्को वैठक समेत बहिष्कार गर्दै आएका गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालबाट आफ्नो बरियता स्पष्ट नभएसम्म मन्त्रिपरिषद्मा सहभागी नहुने घोषणा गरेका छन् ।
विपी कोइराला गृहमन्त्री हुँदाको क्षणको स्मरण गर्दै मन्त्री निधिले वरियता विवाद स्पस्ट नभएसम्म आफू मन्त्रिपरिषद्को वैठकमा सहभागी हनुने स्पस्ट पारेका छन ।
यता,नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई मन्त्रीबाट फिर्ता बोलाउने सम्भावना बढेको छ उपप्रधानमन्त्रीको बरियता विवादका कारण मन्त्री निधिले मंगलबार भएको मन्त्रिपरिषद् बैठकसमेत बहिष्कार गरेपछि काँग्रेसले निधिलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
निधिलाई फिर्ता बोलाएर काँग्रेसले कृष्णप्रसाद सिटौलालाई पठाउने तयारी गरेको स्रोतको दाबी छ ।