काठमाडौँ/निर्वाचन आयोगले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र खारेज गर्न गरेको निर्णयका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ५ गते ७४४ वटै स्थानीय तहमा जनमत सिर्जना गर्ने भएको छ ।
पार्टीको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले स्थानीय तहमा जनतालाई त्यस विषयमा बुझाउने तथा दबाबमूलक सशक्त विरोधका कार्यक्रम गर्नेबारेमा निर्णय गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले यही वैशाख ८ गते देशभर रहेका निर्वाचन कार्यालयमा ध्यानाकर्षण गराउने तथा कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सो पार्टीका विधानमा रहेका विभिन्न बुँदामध्ये ती दुई बुँदा पछिल्लो संविधान अनुकूल नरहेको भन्दै निर्वाचन आयोगले गत चैत ४ गते खारेज गर्ने निर्णय गरेको बताइएको छ ।