विजयपुर/नेकपा (एमाले) धरान १८ नंम्मर वडा कमिटीले शुक्रबार वडा समितीको कार्यालय तथा निर्बाचन प्रसार प्रसार समितीको कार्यालय उद्घाटन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी संसद कृष्णकुमार राईले अब हुने स्थानिय तहको निर्बाचनले धरानलाई साच्चीकै सुन्दर शहरको रुपमा बिकाश गर्ने बताए ।
कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले स्थानिय तह भनेको अधिकार सम्पन्न स्थानिय तह नै भएको बताउदै जनताले सुझबुझका साथ मतदान गर्नुपर्ने बताए ।
धरानलाई संबृद्ध नेपालकै आर्कषणको केन्द्र बनाउने अभियान सुरु गरि सकेकेको बताउदै धरानको भानुचौकमा बेनेको घण्टाघर एमाले नेतृत्वको जनप्रतिनिधीहरुकै सक्रियतामा बनेको भन्दै उनले यस्ता धेरै योजनाहरु एमाले सँग रहेको बताए ।
धरानको बिकाशको नक्सा एमालेले यस अघिनै कोरि सकेको जनाउदै उनले केहीदिन भित्र सार्बजनिक हुने बताए ।कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटीका सचिबालय सदस्य तथा निर्बाचन परिचालन कमिटीका संयोजक प्रकाश राईले एमालेले जनता झुक्याउने र भ्रम र्छर्ने काम नगर्ने भन्दै पराजीत मानसिकता भएकाहरुले अहिलेबाट नै भ्रम छर्ने काम सुरु गरि सकेको बताए ।
कार्यक्रम एमाले १८ नम्मर वडा समितीका अध्यक्ष भिम देवानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिब नबिन राईले सञ्चालन गरेका थिए ।कार्यक्रममा एमाले सुनसरीका सचिबालय सदस्य मुरारी सुबेदी,सदस्य मञ्जु भण्डारी ,क्षेत्रीय सचिब रेवतीरमण राई ,नगरकमिटी सचिब राजमणी निरौला लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।