मरिना र मिलन साथी भएको धेरै भईसकेको थियो मरिना खान्दानी परिवारको थिईन तर मिलन भने मध्यम वर्गिय परिवारमा हुर्केको सोझो केटो थियो। पारिवारिक रुपमा यिनिहरुको जिवनस्थर अाकास पातलको फरक थियो जति भावनामा डुबेर कुरा गरे पनि यथार्थमा धनि,गरिव जात,पातको कुरा यथावत छ तैपनी केहि सुधार भने पक्कै भएको हो।
गत वर्षको भाद्रमा तिन पुरा लागेर चार वर्ष भएछ मरिना र मिलनको लगनगाठोँ बाधेको मागी विवहा भएपनि उनिहरु विचको सम्बन्ध पहिले देखि नै थियो मरिना खान्दानी परिवार शुखसयल मा हुर्केकी भए पनि मिलनको मायामा लिप्त भए पछि उसको निश्चल,स्वच्च पवित्र मायाले कहिल्यै झुपडी भनेन् मिलन ले संगै जिउने बाचा कसम खाए पछि मरिना पनि राजी भई,अाफुले चाहेको केटा अथवा केटी पाउदा खुसि नहुने कुरै भएन।
साचो माया भनेकै यहि रहेछ धनि गरिव जात,पात धर्म सबै त्यागेर सारा छाडेर हिडिदिने माया अच्चमको हुदोरहेछ। मरिना र मिलन विच यस्तै भयो उनिहरुले एकअर्काको मायाको सागर भन्दा बाहेक कहिकतै बालुवा देखेनन् जताततै फुल देखे एकले अर्काको खोट बैगुन कहि देखेनन् सम्बन्ध अझै मजबुत हुदै गयो एकले अर्कोलाई सजिलै अाखाँ चिम्लेर विश्वास गर्न सक्ने भए उनिहरु दुबै एकअर्का प्रतिको मायामा चुर्लुम्मा डुविसकेका थिए।
उनिहरु दुबै जना अध्ययनमा उतकष्ट भएकाले उनिहरुको प्रेमलाई अरुले छुटाउने काम गरेनन् पारिवारिक रुपमा मरिनाको परिवार सन्तुष्ट थिएनन तर पनि छोरीको ईच्छालाई नकार्न सकेनन् यधपी उनिहरुको सच्चा माया प्रेम कहिल्यै नटुट्ने कहिल्यै नछुट्ने बाचा,प्रतिबद्दताको साथ पाईलाहरु अगाडी बढाएका थिए। यसमा विच विचमा छुटाउने प्रयास भए पनि उनिहरुको मायाले ह्रार खाएन उनिहरुको संगै बाच्ने सपना साकार हुने अधिकतम सम्भावना थियो।
अाखिर त्यो प्रेम विवहामा परिणत भएरै छाड्यो धेरैले पत्याएका थिएनन एउटा उच्च अोहोदामा खान्दानी कुलघरानमा जन्मेको केटीको कसरी यस्तो गरिव केटा संग सफल जिवन वित्छ अहँ यो विवहा हुदैन भन्ने धेरैलाई लागेको थियो जब विवहा भयो धेरैले जिव्रो टोके अन्तत मरिना र मिलनको जोडी जम्यो।अाफुले चाहेको लोग्ने स्वास्नी हुन पाउदा उनिहरु दुबैको खुसिले सिमा नाघेको थियो ।यीनिहरु एकले अर्कोलाई माया गर्ने र हरेक कुरा बुझ्ने भएकोले अाफुलाई भाग्यमानी ठानेका थिए । कलेज पढ्नुको साटो लगनगाठोँ बाधेर दुबैले अाफ्नो पढाई स्थगित गरे…
विवहा लगतैँ विभिन्न अार्थिक समस्या अाउन थाले पछि मिलनले शहरमा कमाउन जाने निर्णय लियो खान्दनी ससुराली को ईज्जतको लागि भएपनि केहिहद माथी उठ्नु पर्छ भन्ने सकरात्मक विचार मिलनमा पनि थियो।त्यसपछि लगतै मिलन कमाउन शहर हान्नियो दुबै जना वेरोजगारी भएकोले उसले कमाउन जाने निर्णय गर्यो मिलन ले केहि समय काम गरेपछि मरिनालाई पनि संगै लग्ने भनेर विश्वास दिलायो र उसको निर्णयलाई मरिनाले स्विकार गरि अन्तत मिलन कमाउनकै लागि शहर भासियो।
जब विवहा गरेर दुई चार महिना संगै विताए अह! कहिल्यै भनाभन बाजबाज भएन यिनिहरुको जोडी देखेर धेरै डाहाँ गर्थे उनिहरुको जोडि समाजमा चटक्क मिलेको सफल जोडी उदाहरणको रुपमा देखिएको थियो।जब मिलन घर छाडेर गयो त्यससंगै उनिहरुको सम्बन्ध पनि चिसिदै जान थाल्यो ।जति टाढा उत्ति गाढा भन्ने उक्ति फेल भयो उसले सोच्न थाली बरु दुखसुख जे भएपनि संगै भएको भए उ पश्चताप गर्दैथिई।
मरिनाको छिमेकी जेठाजु देवंर पनि शहरमा बस्ने हुदा अाउने जाने गर्थे विचित्रको खबरहरु सुनाउने गर्थे त्यो समाजमा धनिको छोरी विवहा गर्यो भनेर खपिसक्नु भएको थिएन माहोल नै त्यस्तै थियो समाजका जान्ने सुन्ने भनोैदा हरु पनि मिलन र मरिनाको जोडि देखेर डाहाँले भित्र भित्रै जलेका थिए तर मरिनाले त्यसलाई कहिल्यै ठुलो विषय बनाएर विवाद गरिन उनिहरुले मरिनालाई शाहस भएकी केटी भनेर त्यो नारीपन देखेर खसाल्दै कुरा काट्न थाल्थे त्यहाँको जनमासको स्थिती सबै भातभुङ्ग थियो त्यसैले उनिहरु मिलेर हिडेको धेरैको नजरमा परेको थियो उसको मन बहकाउन हदसम्म गरिरहे तेरो लोग्ने ले उतै विवहा गर्यो रे! यस्ता विभिन्न बाहनामा कमजोर बनाउन खोज्थे तर मरिना कहिल्यै विचलित भईन।
उसले अाफ्नो लोग्नेले कहिल्यै विश्वास तोड्दैन भनेर उनिहरुको कुरालाई वेवास्ता गर्दै बसि फेरि उसले मिलन लाई राम्रो संग बुझेकी थिई मेरो लोग्ने यस्तो गर्दैन भन्ने पुर्ण विश्वास थियो।फलानाको लोग्ने स्वास्नी भन्दै धारे हात लगाउनेको सङ्ख्या कम थिएन।मिलन र मरिनाको विवहा संगै समाजले हेर्ने दृष्टिकोण पनि फरक भएको थियो उनिहरुको भलो चिताउने कम नै थिए किनकी समाजका अगुवा भन्नेहरु अाफुभन्दा माथी अरु चढेको हेर्न चाहदैनथे्।
उ एउटा ईमान्दारी शिल नारी भएर समाजमा बस्न सकेकी थिई उसले कहिल्यै अाफ्नो लोग्ने अरु केटी संग लाग्छ भनेर कल्पना पनि गरिन उसले सधै विश्वास गरिरहि कुराकानी बाक्लो हुदै थियो कहिले कहिले मिलनको कल ब्यस्त हुदा केहि मनमा चिसो सेरेटोले सेकेपनि उसले अाफ्नो लोग्ने प्रतिको विश्वास भरोसा मा अलिकति पनि संका गरिन ।
तर विस्तारै मिलन त्यति मन लगाएर बोल्न छाडेको थियो तर पनि ब्यस्थताले होला भनेर मरिनाले मन बुझाउदै बसिरहि एका एक रुखो बोल्ने वानी मिलनमा अाएपछि मरिनाले पिर गर्न थालेकी थिई कन्ट्याक नभएको लगभग दुई चार दिन हुन लागिसकेको थियो मरिना पनि अब अतिनै भईसकेको महशुस गर्दै थिई तैपनी उसले मेरो लोग्ने यस्तो उस्तो भनेर कसैसंग कुरा काट्न पुगिन धेरैले मेरो लोग्ने यस्तो तेरो लोग्ने यस्तो भनेर कुरा काटिरहन्थे तर जे थियो मरिनाले मनमा राखिरहि उसको सहनशिलता,शिल,स्वभाव र धैर्यवान अत्तिनै उत्तम बानी थियो।
विस्तारेै उनिहरु विच कुराकानी पातलीदै गयो लोग्ने मान्छे भर्सेस आइमाइ मान्छेको वादविवाद अन्त्यहीन वादविवाद हो । अर्थात् यो विषयमा जसले पनि जुनसुकै कोणबाट आफुलाई माथि पार्नेगरी कुरा राख्न सक्छ । तर वास्तविताको पाटो भने अन्तमा मात्र खुल्छ ।यो सम्झेर मरिनाले कहिल्यै लोग्ने माथी प्रश्न गरिन साधारणतया उनिहरुको दैनिक खबर अादनप्रदान हुने गर्थ्यो मरिनाले लोग्नेको अतिनै ख्याल राख्थी र समयमा खाना खानु समयमा सुत्नु भनि पटक पटक सम्झाउने गर्थी यो मरिनाले मिलनलाई गरेको प्रगाढ मायाको भाव थियो।
अधिकांस पुरुषले स्वच्छन्दता र स्वतन्त्रतालाई इमान्दार ढंगले उपयोग गर्छन् र आफ्नो सम्बन्धमा सधै इमान्दार हुन्छन् । उनीहरुलाई उनीहरुको सामाजिक तथा व्यवसायिक जिवनले त्यस्तो खालको बाह्य सम्बन्धका लागि बाध्यता सिर्जना गरिरहेको पनि हुनसक्छ । त्यसैले पुरुष पार्टनरको मनोभावना बुझ्नुपर्छ । विश्वास : सम्बन्ध दिगो तथा सुखमय बनाउनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेकै विश्वास हो । यो संसार विश्वासमै अडेको हुन्छ । मरिनाले सधै यस्तै सोच्थी अाफ्नो लोग्ने खुसि पार्नको निमित सायद कहि पनि चुकिन ।
मिलन जब घर अाउने समय नजिकिदै गयो उ झन झन टाढा हुन खोज्दै थियो मरिनाले अझै पनि चङ्गा झै उडेको मनलाई समाल्दै राखेकी थीई मनमा चोट भए पनि कहिल्यै बाहिर देखाउने शाहस गरिनन् उ भित्र भित्र कमजोरी हुदै गईसकेकी थिई ।
मिलन घर अाईसकेपछि मरिना अाफ्नो संस्कार भन्दा तल कहिल्यै झरिन उसले प्रेमी हुदा जति माया साथ सहयोग गर्थी अाज स्वास्नी भएर पनि त्यतिकै माया, सम्मान, अादर गर्थी तर मिलन पक्कै परिवर्तन भएको महशुस गरि उसको हरेक अानीबानी परिवर्तन भएको थियो उ जति नम्र हुदै शालिन भाषामा बोल्थी मिलन शब्दशब्दमा रुखो बोल्दै जान्थ्यो उ यि विविध समस्याबाट टाढिन खोज्थ्यो तर मरिनाले पनि त्यति सजिलै टाढिन दिन्थिन यो प्रेममा कसैको दवाब थिएन मनोईच्छाले गरेको विवहामा समस्या पर्दा अरुलाई संगै मुच्छ्नु उचित हुन्न भन्ने ज्ञान राम्ररी थाहाँ थियो।
हरेक दिन मिलन झर्किदा पनि मरिनाले सहदै गई मरिना खान्दानी मान्छे माईतिले प्रशस्त सम्पती दिने कुरा चलिरहेको थियो तर बालबच्चा नभएकोले सम्पती दिन रोकिएको थियो ।
उनिहरु बिच त्यति राम्रो सम्बन्ध त थिएन तर मरिनाले मिलनको खुसिको लागि कहिल्यै नाई नास्ती गरिन उनिहरु बीच ब्यबहारिक रुपमा राम्रो ब्यबहार नभए पनि शाररिक सम्बन्ध भयो जब मिलनले शाररिक सन्तुष्टी प्राप्त गर्यो उ मस्त निदायो तर मरिनाले मिलनको हर्कतलाई नियाल्दै थिई र अाफ्नो कमिकमजोरी हरु छन की भनेर खोतल्दै थिई तर उसले कहिल्यै भेटाईन।उ सधै हर कुरामा सतर्कता अपनाउथी त्यसैले गल्ती हुने सम्भावना कम थियो।
उसले भोलिपल्ट केहि कुरा गर्नु छ भन्यो मरिना अत्यन्तै खुसि भई भर्खर शहरबाट अाएको कुनै गिफ्ट सरप्राईज दिने होला भनेर उ भित्र देखि गदगद भई उसले सोचेकी थिई अब त सरप्राईज दिनुको साथै मिलनले चित्त नबुझेको कुरा राख्छ र हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ उसले गरेको हरेक प्रश्नको म प्रस्ट जवाफ दिन्छु र हाम्रो समबन्ध विचको खाडल पुर्छु भन्ने विश्वास मरिनालाई लागेको थियो ।
भोलिपल्ट कुराकानीको शिलशिला अगाडी बढ्यो मरिना उत्सुकताको साथ प्रश्न सुन्न तयार भई मिलनले प्रस्ताब राख्यो म तिमी संग डिभोर्स गर्छु म तिमी संग जिवन विताउन सक्दिन मेरो अर्कै केटी छ भोलि विहान ठिक दश बजे तयार हुने भन्दै उ जुरुक्क उठेर हिड्यो।
मरिना जे सोच्दै बसेकी थिई उसका सपना चकनाचुर भयो मिलनको धोकाले समाज खुसि हुने भयो तर उसको मन टुट्यो सारा सपना योजना लथालिङ्ग भयो। अलि अगाडीको खुसि एकै छिनमा दुखमा परिणत भयो दुर्भाग्यवस मरिनाले सोचेको भन्दा अाकास जमिनको कुरा फरक भयो ठिक उल्टो भयो । कहिल्यै नसोचेको कुरा पहिलो पटक घटना घट्यो,उसले कहिल्यै अाफ्नो लोग्नेलाई संकाउपसंका गरिन त्यसको परिणाम अहिले उ मुर्छा परि अाखाँबाट बलिन्द्र धारा बगिरहे उ भक्कानिएर त्यहि लडिछ।
तर अह! उसले अाफु वेहोस हुदा पनि कसैको साहार पाईन पछि उ अाफै होसमा अाई अनि यति विश्वास गरेको लोग्नेको हर्कत देखेर उ रनभुलमा परि जसलाई हृदयदेखि अपार माया गरि त्यहि लोग्ने ले एक्कासी पारपाचुके(डिभोर्स)को प्रस्ताव गर्दा बजारिन पुगि कहिल्यै नसोचेको कुरा भयो उसको जिवनमा बज्र पर्यो अन्तत उ एक्लै भई उसको पक्षमा बोलिदिने कोहि भएनन् महल छाडी झुपडीमा पुगेर वेशाहार भएर मुस्किलले जिउन बाध्य भई लोग्ने ले अर्को ल्यायो अहँ! उसले बोल्ने हिम्मत गरिन उ भित्र भित्र जलिरहेकी थिई प्रतिवाद नगरे पनि उसका रसिला अाखाँहरुले बताउथ्यो मरिना निर्दोष छे सोझोपनको फाईदा लोग्नेले उँठाएर छाड्यो उ कहिल्यै मिलनको विपक्षमा उँठिन सायद उ अझै माया गर्थी….