मोरङ / विराटनगर उपनगरपालिकाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले नगरका १९ वडाका वडा अध्यक्षका नाम सिफारिस गरेकोछ । वडाहरूमा एकसाथ बैठक आयोजना गरी १ जना देखि ११ जनासम्म वडाका अध्यक्षको नाम सिफारिस गरिएको नगर ईञ्चार्ज सागर थापाले जानकारी दिएका छन् । थापाका अनुसार १ नं. वडाबाट शम्भु कामत, किशोर बस्नेत, रमेश ढकाल, श्याम कामत, शिवकुमार चौधरी, काजी बस्नेत र गणेश उप्रेती उम्मेदवारका लागि सिफारिस भएका छन् ।
२ बाट कमल भट्ट, किशोर भट्टराई, कुमार पोखरेल, रामराज प्रधान, सुरेश बस्नेत, ३ बाट रामबहादुर घिमिरे, राधा पोखरेल, कमल गौतम, ईश्वर निरौला, ४ बाट कृष्ण कार्की, जयकुमार श्रेष्ठ, भरत खरेल, भूपप्रसाद वास्तोला, सरस्वती भण्डारी, गोकर्ण घिमिरे रहेका छन् । ५ बाट मिनकुमार आचार्य, केदार कार्की, रमा रिजाल र कमल मण्डलको ६ बाट उदय मण्डल सहित ८ जनाको नाम सिफारिस भएको छ । ७ बाट भने बैशाख २ गते वडाको बैठकबसी नाम सिफारिस गरिने छ ।
वडा नम्बर ८ बाट खगेन्द्र पोखरेल, शिव आचार्य, शैलेश न्यौपाने, ९ बाट रामदेव साह, दिलिप तामाङ, दिवस प्रसाईँ, हरिनाथ अधिकारी, गंगालाल प्रधान र दिानाथान भगत उम्मेदवारका रूपमा सिफारिस भएका छन् । १० बाट रमेश मण्डल, अर्जुन गिरी, खडानन्द ढुङ्गाना, माधवराज वाग्ले र मिरा दाहाल, ११ बाट तिर्थेन्द्र नेउपाने, रोहित कोईराला, निर्मला भट्टराई, सरस्वती खरेल, लोचन राई, डिल्लीराम घिमिरे, चन्द्रराज थापा, राजकुमार यादव सिफारिसमा परेका छन् । १२ बाट राधेश्याम कट्टेल, भोला बराल, चित्र दाहाल, दिपक कर्ण, १३ बाट किशोरकुमार पोखरेल, कृष्णप्रसाद काफ्ले, तिर्थराज घिमिरे, दिनेशकुमार राई, वसन्तीदेवी यादव, १४ बाट सुर्यनारायण महतो, विरेन्द्र यादवको नाम सिफारिस भएको छ ।
१५ बाट मनोज खड्का, ज्ञानबहादुर राई, सपन दे, पदम सुब्बा, धर्मानन्द संजेल, पदमबहादुर कार्की, कृष्ण मण्डल, रमन साह, राजेश साह, सुरेन्द्र तुलाधार, गजराज साह, १६ बाट राजेश सुब्बाको नाम सिफारिस गरिएको छ । १७ बाट दिलसाद आलम, सिकन्दर आलम, फिरोज मियाँ, १८ बाट पछिल्लो समय थपिएको वुधनगरबाट लिलानन्द मण्डल र १९ मा पर्ने वैजनाथपुरबाट श्याम घिमिरेको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेले वडा कमिटीबाट आएको नाम नगर समितिको बैठकबाट अनुमोदन गरी जिल्ला हुदैँ प्रदेश कमिटी मार्फत अनुमोदन गर्ने विधि तय गरेकोछ । यस अघि वडा अध्यक्षको नाम जिल्लाले नै टुङ्ग्याउने कार्यविधि वनाएकोमा हालै बसेको स्थायी समितिले वडा अध्यक्षको नाम पनि प्रदेश कमिटीले निर्णय गर्ने कार्यविधि वनाएको हो । एमालेले आगामी बैशाख १२ गते भित्र सबै उमेदवारको टुङ्गो लगाउने कार्यविधि वनाएकोछ ।