सिरहा/ जिल्ला अदालत सिरहाले स्वतन्त्र मधेश अभियान चलाएका सीके राउतलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राउतविरुद्ध राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको थियो । तर, अदालतले बिहीबार १० हजार धरौटीमा छाड्न आदेश दिएको छ । राउतविरुद्ध रूपन्देहीमा पनि मुद्दा भएकाले धरौटी बुझाउनसाथ रिहा गर्ने सम्भावना छैन । प्रहरी स्रोतले भन्यो, ‘रूपन्देही प्रहरीले बुझाउन भनेको छ । सम्भवत पठाउँछौं ।’