विजयपुर/स्थानिय तहको निर्बाचनलाई लक्षित गरेर नेकपा एमाले धरानले निर्बाचन केन्द्रित अभियानहरुलाई तिब्रता दिएको छ ।बिहिबार एमालेले धरान–१५ स्थित आधारभुत बस्तीमा टोलभेला सम्पन्न गरेको छ ।
टोल भेलालाई सम्बोधन गर्दै एमाले नेताहरुले अब हुने स्थानिय तहको निर्बाचनपछि धरान उपमहानगरपालीका क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दाको जीबन स्तर फेरीने बताएका छन् ।
कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट धरान उपमहानगरपालीकाका मेयरका दाबेदार तारा सुब्बाले सुकुम्बासी तथा निम्न आयस्तर भएका परिवारहरुका लागि एमालेले तयार गरेको भिजन धरानको योजना अनुसार सबैलाई सम्मानपुर्वक जीबनयापन गर्न पाउने गरि योजनाहरु ल्याएको बताए ।
बिगतमा पनि सुकुम्बासीहरुको पक्षमा एमालेले लिएका नितीहरुले स्थानिय स्तरमा उठेको आन्दोलन सफल भएको बताउदै उनले सबैले समान हैसियतको जीबन बाच्न पाउनु पर्ने बताए ।
टोल भेलामा १५ जना भन्दा बढि स्थानियहरु बिभिन्न पार्टि परित्याग गरि एमालेमा प्रबेश गरेका थिए ।
उनीहरुलाई सांसद कृष्णकुमार राई,एमालेका जिल्ला नेताहरु पदमप्रसाद लिम्बु,मञ्जु भण्डारी तथा नगर अध्यक्ष तारा सुब्बाले अबिर लगाएर स्वागत गरेको नेकपा एमाले सुनसरी क्षेत्र नं १ का उपाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए ।