काठमाडौं/ पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा पछिल्लो समय प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार भएको बताए ।
नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले देशमा पछिल्लो समय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिनकाबिचको शक्ति सन्तुलन बिग्रिएको बताए ।
नागरिकको चाहना बमोजिम शान्ति, स्थिरता र सम्बृद्धिको मार्ग देशले तय गर्न नसकेको र यसमा राजनीतिक कमजोरी मुख्य कारण रहेको सन्देशमा उल्लेख गरिएको छ । २०६३ सालमा जनचाहना विचार गरेर राजनीतिक दलका नेतासँग बनेको सहमति अनुसार आफूले संसद पुनर्स्थापना गर्दा देशको राजनीतक संकट अन्त्य होला भन्ने आफूले आशा गरेको तर त्यस अनुसार काम नभएको उनले पूर्व राजाले दिएको सन्देशमा उल्लेख गरे । उनले नयाँ वर्षले विगतलाई मुल्यांकन गरेर राम्रो भविष्यका लागि अघि बढ्न सक्ने शक्ति दियोस भन्ने कामना गरे ।
































