विजयपुर/युवा सघं नेपाल धरान उपमहानगर कमिटीले स्थानिय तहको निर्बाचनमा नेकपा (एमाले)का उमेद्धारहरुलाई बिजयी गराउन १ हजार १ सय ८ सदस्यीय निर्बाचन परिचालन कमिटी गठन गरेको छ ।
युवा सघं नेपालका जिल्ला सदस्य तथा १ नम्मर क्षेत्रीय इन्चार्ज रनत लिम्बुको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन गरिएको युवा सघं नेपाल धरान उपमहानगर कमिटीका सचिब धिरेन लिम्बुले जानकारी दिए ।
कमिटीको सह संयोजकमा युवा सघंका जिल्ला सदस्य तथा धरान इन्चार्ज दिवस राई छन् भने सचिबमा युवा सघंका १ नम्मर क्षेत्रिय अध्यक्ष बिनोद राई तथा सह सचिबमा युवा सघं नेपाल धरानका अध्यक्ष राजेन्द्र राई रहेका छन् ।
युवा सघं नेपाल धरानको बिहिबार बसेको बैठकले निर्बाचन परिचालन कमिटी गठन गरेको हो ।निर्बाचन परिचालन कमिटीको सदस्यमा युवा सघंको क्षेत्रिय कमिटी,नगरकमिटीका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु सबै सदस्य रहने निर्णय बैठकले गरेको छ । २० वटै वडाका टोल कमिटीका पदाधिकारी र सदस्यहरु सबै कमिटीको सदस्य रहने बैठकले निर्णय गरेको छ ।
बैठकमा युवा सघं नेपालका केन्द्रीय सचिबालय सदस्य तथा न्याय बिभाग प्रमुख हिमाल लिम्बु केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज ज्ञानदिप लिम्बु,लगायतको उपस्थिती रहेको थियो ।
नेकपा एमाले धरानले यस अघि मुल निर्बाचन कमिटी गठन गरि सकेको छ । मुल निर्बाचन परिचालन कमिटीका प्रचार बिभाग संयोजक राजमणी निरौलाले स्थानिय तहका निर्बाचन हुने सबै पदहरुमा एमालले सम्मानजनक जित हासिल गर्ने जानकारी दिए ।