तरहरा/ स्थानीय निर्वाचनमा नेपाली काग्रेस वियजी गराउँन तरुण दल सुनसरीले आउँदाे आईतबार इटहरीमा वृहत तरुण प्रदर्शन गर्ने भएको छ । सुनसरीको इटहरीमा दश हजार बढी तरुण दलमा अाबद्द युवाहरुले प्रदर्शन गर्ने भएका हुन् ।
प्रर्दशनले पार्टी भित्र र बाहिरको पार्टीलाई समेत खवरदारी गर्ने तरुणदल सुनसरीका सभापति सीजन गुरुङले जनाए । गुरुङले भने, 'उमेरद्धारी नाताबाद कृपावाद भन्दा पनि योग्यलाई टिकट दिनु पर्छ भन्ने हाम्रो माग हो ।' 'हामी सक्षम ब्यक्तिले टिकट पाएनाैं भने पार्टीमा दवाव दिन्छौ,' तरुण दल सुनसरी सभापति गुरुङले थपे, 'पार्टीले योग्य र जित्ने उमेरद्धारलाई टिकट दिनु पर्छ ।'
नेपाली काग्रेसलाई जिताउँन एक ढिक्का भएर लाग्ने बताउँदै अहिले पार्टी भित्रको टिकटको विषयलाई लिएर मनमुटाव गर्ने नहुने उनको धारणा छ । हामी सुनसरीको गाउँ गाउँका तरुणहरु इटहरीमा मोटरसाईकल र्याली गर्दै आफ्नै पार्टी काग्रेस सँगै अन्यपार्टीहरुलाई दवाव समेत दिने बताए । चुनावमा तरुण युवाहरु पूर्ण रुपमा परिचालन समेत गरीने गुरुङको भनाइ छ । गाउँपालिका नगर र उपमहानगरहरुमा तरुण दल सक्रिय भएको भन्दै उनले इटहरीमा अहिले सम्मकै धेरै युवा उतार्ने उनको भनाइ थियो ।
वृहत सभालाई तरुण दल केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले सम्बाेधन गर्ने तरुण दल सुनसरीले जनाएको छ । पछिल्लो समयमा नेपाली काग्रेस एक ढिक्का भइसकेको भन्दै पार्टी प्रचारको लागि पनि अहिले सम्मकै वृहत भेला गर्ने लागेको तरुण दल सुनसरीले जनाएको छ । पार्टीको निर्देशन अनुसार स्थानीय चुनावमा तरुण दल सक्रिय हुने सुनसरीले जनाएको छ ।