पाँचथर / फिदिम नगरपालिका–५, लब्रेकुटिमा सत्र थुम गोश्वारी युमा माङहिमको प्रवेश द्धारको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको कर्मभूमि लब्रेकुटिमा आयोजित यक्वा (उभौली) पूजाको अवशरमा प्रवेश द्धारको उद्घाटन गरिएको हो ।
सो प्रवेश द्धारको पाँचथरका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले उद्घाटन गरे । पाँचथरको चोकमागु घर भई हाल युकेमा रहेका विष्णु कुमार तुम्बापोको नौ लाख आर्थिक सहयोगमा सो प्रवेश द्धार निर्माण गरिएको हो । कार्यक्रममा सहयोगदाता विष्णु कुमार सँगै भौतिक निर्माणमा सहयोग गर्नुहुने विष्णु तुम्पाबोलाई सम्मान गरिएको थियो ।
कार्यक्रम १७ थुम गोश्वारी युमा माङहिम संरक्षण समितिका अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको सचिव गणेश तुम्रोकले जानकारी दिए ।