इलाम/इलामको सुर्योदय नगरपालिकामा आउदो चैत २९ र ३० गते प्रथम सुर्योदय सडक महोत्सव–२०७३ हुने भएको छ ।

स्थानीय परिकार, भेषभुषा पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव हुने भएको छ । सूर्योदय होटलव्यवसायी संघ तथा आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजनामा रहने छ  । सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार ६० वटा व्यावसायिक स्टलहरु रहने र जसमा  २० वटा स्टलहरु झापाकाे रहने छ। श्रेष्ठका अनुसार स्टलहरुमा विभिन्न जातजातीकापरिकारहरु भेषभुषा समेत स्टलमा रहने छ ।

एक करोड रुपैयाँ बराबरको कारोवार रहने आयोजकले बिहीबार इलाम सदरमुकाममा पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवबाट सूर्योदय नगरपालिकाका मिर्मिरे, सून्दरपानी लगायतका क्षेत्रका बारेमा पर्यटकलाई अवलोकन गराउने उदेश्य रहेकाे छ । “हामीले महोत्सवका अवसरमा स्थानीय क्षेत्रको अवलोकन गर्न इच्छुक पर्यटकहरुलाई केही स्थानमा भ्रमणहरु समेत गराउने छौँ ,र त्यो भ्रमणमा गाडीको समेत व्यबस्था गरेका छौँ।” श्रेष्ठले भने ।

 महोत्सवमा पर्यटन प्रबर्दन विकास बोर्ड, पर्यटन सुचना केन्द्र लगायतको समेत सहयोग उनले रहने जानकारी दिए । “हामीले सूर्योदय नगरपालिकाका होटलहरुको समेत प्रवर्दन गराउने उद्देश्य रहेको छ । हाम्रो कार्यक्रममा पर्यटन बोर्डका केन्द्रिस्तरबाट पनि सहभागिता रहने आश्वसन छ ।” महाेत्सवमा  थप अाक्रशणका लागी भने–“हामीले स्थानीय स्तरका परिकारहरु चिया, छुर्पी, ललिपप लगायतका बस्तुको समेत स्टल राख्ने छाैँ ।” कार्यक्रममा सास्कृतिक कार्यक्रमका झाकी तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहने  छ । “ साङ्गगीतिक कार्यक्रमका लागि राष्ट्रिय स्तरबाटै कलकारहरु भित्र्याउने छौँ ।” व्यावसायी संघका अध्यक्ष श्रेष्ठले भने–“साङ्गितिक प्रस्तुतिका लागि सिने गुरुङ, सुगम पोख्रेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, मनोज गजुरेल, भुगोल दाहाल पनि महोत्सवमा आउने भएका छन् ।”

महोत्सवका अवसरमा विशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिने छ । महोत्सवकाे  तयारी ६० प्रतिशत सकिएको आयोजकले जनाएको छ ।