इटहरी/ नेपालमै सबै भन्दा ठूलो दावी गरिएको इटहरीको २ तले यमाहा मोटर साइकल शो रुमको कम्पनी प्रतिनिधीबाट अवलोकन गरिएको छ । तिरुपति अटो सिटीले इटहरीमा २ तले यमाहा शो रुम सञ्चालनमा ल्याएको छ ।
सबै भन्दा ठूलो सेवा भएको इटहरीको यमाहा मोटरसाईकल सोरूम कम्पनीका जापानी प्रतीनीधी नाकामुरा सान, भारतीय कम्पनीका प्रतिनिधी हिमान्सू सान र नेपाल कम्पनीका प्रतीनीधी दीपक रौनीहार को टिमले संयुक्त रूपमा शो रुमको अवलोकन गरेका थिए ।
बिहीबार एक कार्यक्रमका बीच उनीहरुलाई शो रुमका सञ्चालक सञ्जोग पराजुलीले स्वागत गरेका थिए । कार्यक्रम अवलोकन भयो । नेपालमा पहिलो २ तले शोरुम हो ।
थ्री एस सर्भिस भएको नेपालकै पहिलो ठूलो शो रुप भएको सञ्चालक सञ्जोग पराजुलीले बताए । एक नम्वर प्रान्तको राजधानी दावी गरिएको इटहरीमा कम्पनीका प्रतिनिधीहरु पहिलो पटक अवलोकनका लागि आएको पनि पराजुलीले बताए ।