धरान/राष्ट्रिय पूर्व सैनिक संगठन केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ ।

धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले तेस्रो राष्ट्रिय महाधिवेशन धरान–१५ स्थित इजि राइडर्स होटलमा हुने भएको हो ।
महाधिवेशनमा पूर्व सैनिकहरुको माग र मुद्दालाई जोडदारका रुपमा उठाउने तयारी रहेको केन्द्रीय अध्यक्ष क्याप्टेन भीमबहादुर राना मगरले बताएका छन् । बहुजातीय लोकतान्त्रिक समाजवादको परिकल्पना गर्दैै यो महाधिवेशनले पूर्व सैनिकहरुले मूलुकको लागि पु¥याउदै आएको योगदानलाई राज्यलेसमेत सम्बोधन गर्नु पर्ने मुद्दाका विषय छलफल हुने अध्यक्ष रानामगरले बताएका छन् ।
उनीहरुले समान पेन्सन, दोहोरो नागरिकताको व्यवस्था, सैनिकहरुलाई रोजगारीको ग्यारेन्टी, राज्यमा आरक्षणको कोटा निर्धारण, सैनिक वा गोर्खा रेजिमेन्ट राख्ने राष्ट्रिय नीतिलगायत विषय उठाउने तयारी गरेको बताएको छ ।
महाधिवेशन शनिबार र आइतबार हुने छ भने यसले नयाँ कार्य समितिसमेत चयन गर्ने छ ।