इटहरी/ सुनसरीको इटहरीमा ग्यासमा प्रयोग गरिने सामान दोब्बर मूल्यमा बेचेको आरोपमा प्रहरीले सात जना घुमन्ते ब्यापारीलाई पक्राउ गरेको छ ।

स्थानीय उपभोक्ताले ठगिएको उजुरी गरेपछी इलाका प्रहरी कार्यालय इटहरीको गाउँ गाउँमा गएर मनपरी मुल्य लिई सामान बेच्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

ती व्यपारीहरुले तीनसय मूल्यको सामान ३६ सय रुपैयासम्ममा बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । उनीहरुले नेपाल सरकारले जनचेतनाको लागि भ्रन्दै प्रत्येक घरमा राखिएको ग्यासको पुरानो रेगुलेटर, पाइप, क्लीप जस्ता सामान जवरजस्ती फेरिदिने गरेको आँपगाछीका महिलाहरुले बताएका छन् ।

इटहरीको आपगाछी, वरगाछी, तरहरा लगायतका स्थानहरुका महिलाहरुले लिएको ग्यासका समानको मुल्य दोब्बर भएको थाहा पाएपछि उनीहरुले उजुरी गरेको प्रहरीले बताएको छ ।

आपगाछीकी इस्वरी ढकालले रेगुलेटरको दाम ४५ सय तिरेको बताइन । सामान्यतः बजारमा १२ सय ५० रुपैयासम्ममा रेगुलेटर आउने गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीमा भेटिएकी उनले बढि पैसा लिएकाले उजुरी गर्न आएको बताइन् । ढकाल जस्तै इटहरी २६ की खड्गमाया गौलीले पनि त्यस्ता व्यापारीहरुको ठगीमा आफु पनि परेको बताइन् ।

गौलीले गाउँमा ग्यास सम्वन्धी जनचेतना गराउने मानिष आएका छन् भन्ने सुनेर बुझ्न जाँदा उनीहरुले विभिन्न वहानामा चारगुणा भन्दा बढी मूल्य लिने गरेको उनको भनाइ थियो । गौलीले आफु जस्तै सर्वसाधारण अरु नठगीउन् भन्ने उदेश्यले प्रहरी लाई खवर गरेको बताइन ।

इटहरी प्रहरीले मकवानपुर ५ का ३७ बर्षीय विश्वनाथ राई, कैलालीका ३२ वर्षीय भरत खड्का, रौतहटका २५ बर्षीय मिलन फुयाल, मोरङका रुपा लिम्वु ,कैलालीकी राधिका खड्का, इटहरीकी ममता भट्टराई र इटहरीकी मुना पोख्रेलले बढी पैसा लिएको स्वीकार गर्दै पैसा फिर्ता दिएका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीको डिएसपी नरेशराज सुवेदीले गाउँमा सर्वसाधरणलाई ठग्दै हिड्ने गिरोहलाई पक्राउ गरेको बताए ।

‘उनीहरुले बजारमा ब्यक्तिहरु हेरेर सामान विक्रि गर्दा रहेछन्,’ डिएसपी सुवेदीले भने । घर–घरमा गएर मनपरी मुल्य लिई सर्वसाधरणलाई ठग्न नपाईने भन्दै उपभोक्ताहरु समेत सचेत रहन प्रहरीले आग्रह गरेको छ ।