इटहरी/ नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर परिसरमा गोरखा डिपार्टमेन्ट स्टोरले अखण्ड दिप प्रज्वलन गरेको छ ।
बुधबार नवरात्रको अवसरमा गोरखा डिपार्टमेन्ट स्टोरले कलात्पम दिप प्रज्वलन गराएको हो ।
नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले पाथिभरा मन्दिर पुगी दिप प्रज्वलन गरेका थिए ।
सो अवसरमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचाई सहित नेपाली सेनाको २ नम्वर वाहिनी पति र २१ नम्वर पाहिनी पतिको सहभागिता रहेको थियो ।
गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य र परिवारको तर्फबाट पाथिभरामा दिप प्रज्वलन गरेको हो ।
यसै गरी गोरखा डिपार्टमेन्ट स्टोरले माथिल्लो फेदीबाट निर्माण शूरु गरेको बाटोको लागि फलामको रेलिङ समेत उपलब्ध गराएको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले बताए ।
नेपाली सेनाले पाथिभरा मन्दिर जाने बाटो निर्माण गरिरहेको छ । चार सय मिटर लामो बाटोको लागि गोरखा डिपार्टमेन्ट स्टोरले रेलिङ उपलब्ध गराएको हो ।