धरान/अवैद्यानिक रुपमा सर्दु क्षेत्रबाट ढुगा तस्करी गरिरहेको समयमा प्रहरीले तीनवटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका ट्याक्टरसहित चालकहरुलाई कारबाहीको लागि सम्बन्धित कार्यालय सेक्टर वन कार्यालय धरान तिनकुनेलाई बुझाएको छ । सर्दु क्षेत्रबाट बुधबार बिहान करिव साढे ८ बजेतिर को २ त २८८, को १ त ६९०५ र को १ त ७६९२ नम्बरको ढुंगालोड भएको ट्याक्टर नियन्त्रणमा लिएर वनलाई बुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
ट्याक्टर चालक धरान–१७ का प्रतिक राई र विकास राई साथै धरान–११ क सन्तोष शेर्पालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वन मै बुझाएको हो । सेक्टर वनका सहायक वन अधिकृत ज्ञानकुमार लामाले वनमा बुझाएको बताउदै उक्त कुरा बैद्यानिक हो/होइन् अध्ययन गरेर कारबाहीको पक्रिया अघि बढाउने बताए ।