एक दशकपहिले मिक्स एल्बमबाट  संगीतको क्षेत्रमा होमिएका गायक तथा म्युजिक कम्पोजर राइमन राई पेशाले शिक्षक हुन् । सानै उमेरदेखि गाउनमा रुचि राख्ने राइमन राईस“गको अन्तरंगः  तेह्र वर्षपछाडि सोलो एल्बम् मनन् लिएर बजारमा छाउनुभएको छ नँया के छ ? यस एल्बम्मा पहिलेभन्दा धेरैै मेहनत अहिले गरेकोले केही बढी यस एल्बम् मार्फत् दिने प्रयास गरेको छुु । एल्बममा जम्मा ६ वटा गीतहरु छन् । फ्युजन एल्बम् हो यो, यसमा पप, लोकपप, आधुनिक, लोकआधुनिक सबै प्रकारको गीतलाई समेटेर ल्याउने प्रयास गरेको छु । पछिल्लो भन्दा यस एल्बममा निखारिएको छु ।  जम्मा कति खर्च गरेर एल्बम् तयारी गर्नुभयो ? –एल्बम्मा जम्मा ३ लाख ५० हजारको हाराहारीमा खर्च गरेको छु । त्यही एल्बम्को एउटा गीत माया तिमी बोलको म्युजिक भिडियो पनि ल्याएको छु, यसमा छुट्टै ८० हजारको लगानी परेको छ ।  अहिलेको समयमा एल्बम्मा लगानी मात्र हो, फिर्ता हुने सम्भावना छैन, भन्छन् नि ! –श्रोता दर्शकलाई म भगवान मान्छु । कलाकारले चाहने भनेको वहाँहरुको माया हो । मैले पनि त्यही कुराको अपेक्षा राखेको छु । फेरि मैले पर्याप्त पैसा भएर एल्बम् निकालेको होइन, यसमा मेरा शुभचिन्तक आफ्नो आफन्तको ठूलो सहयोग छ ।  प्रचार–प्रसारको समयमा तपाईले आफ्नो एल्बम्लाई श्रोता, दर्शकसामु कसरी ल्याउने प्रयास गर्नुभएको छ ? –यसका लागि मैले भाइब्स् क्रिएशनसँग सहकार्य गरेको छु । टेलिभिजन, रेडियो र पत्रपत्रिकाको सहयोगमा नै अगाडि आउने प्रयास भैरहेको छ ।  नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा अगाडि ल्याउन के गर्न सकिएला ? –लोपप्रिय हुनलाई भाषाको ठूलो महत्व हुँदो रहेछ । भाषालाई अगाडि ल्याउनसकेमा संगीतलाई पनि अगाडि बढाउन सकिन्छ ।  तपाईका लागि संगीत के हो ? –यो सामान्य हैन, एउटा महासागर हो । यसको छुट्टै महत्व छ । आत्मसन्तुष्टिको लागि समाज रुपान्तरणको लागि यसको धेरै महत्व छ ।  संगीतको क्षेत्रमा कसरी आउनुभयो ? –८–९ वर्षको उमेरमा रेडियो नेपालमा गीत सुन्दा आफूलाई पनि गाउन मन जाग्यो । स्कुल पढ्दा गुन्गुनाउने गर्थें । एकपटक गीत गाउने प्रतियोगितामा भाग लिँदा प्रथम भएकोे थिएँ । त्यसपछि मलाई लाग्यो म पनि रेडियोमा गाउनेले जस्तै गाउन सक्छु । २०५६ सालमा एसएलसीको परीक्षापछि संगीत सिक्न थालेँ । विस्तारै रस बिझ्दै गयो । एक दशक यो क्षेत्रमा समय दिइसकेको छु । अब चाहिँ यसैलाई कर्मथलो बनाउने प्रयासमा छु ।