विजयपुर/नेपाली सेनाको खोटाङ्गस्थित दिक्तेलमा रहेको शेर गण अन्तर्गत डाँडाखर्क पोष्टमा कार्यरत सेनाका जवान अर्जुन थापा विगत छ दिनदेखि सम्पर्क विहिन भएका छन् ।
सुनसरीकोे बराह नगरपालिका ५ स्थित भरौल रामझोडा घर भएका ३३ वर्षिय थापा इटहरी स्थित पुर्बि पृतनाबाट खोटाङ सरुवा भएका थिए ।चैत्र १६ खोटाङ जान इटहरीबाट बस चढेका थिए ।
चैत्र १६ गते मोरङको बेलबारी बस्ने दिदीलाई फोन गरि आफू ओखलढुंगा आइपुगेको जानकारी दिएका निज थापा त्यही दिनबाट सम्पर्कविहिन रहेका हुन् । बेपत्ता थापाका परिवारले सेना तथा प्रहरीबाट प्रभाबकारी रुपमा खोजी कार्य नभएको गुनासो गरेका छन् ।
नेपाली सेनाको पूर्वी पृतना इटहरी दरबन्दी भएका उनी करीव ५ पाँच महिनाअघि मात्रै काजमा शेर गण खोटाङ्ग गएका थिए। उनको खोजीकार्यमा सहयोग गर्न आफन्त तथा परिवारले सेना,प्रहरी,पत्रकार तथा मानबअधिकारबादीलाई आग्रह गरेका छन् ।