तरहरा/ पूर्वी नेपालमा गुड्ने अधिकांस अबैध ट्रिपरहरू ट्राफिक सेटिङमा चल्ने गरेको पाईएको छ । सरकारी नियमअनुसार १० चक्के ट्रिपरमा १२ घनमिटर र ६ चक्केमा ७ दशमलव ५ घनमिटर सामान ओसार्न पाइन्छ । तर, बजारमा भने सरकारले दिएको स्वीकृतिभन्दा बढी हुनेगरी आफूखुसी ढाला थपेर खुलेआम रूपमा ट्रिपर सञ्चालन गर्ने गरेको पाइन्छ ।
यसरी अवैध रूपमा व्यवसाय सञ्चालन गर्नेहरूलाई प्रहरी प्रशासनले समेत उन्मुक्ति दिइरहेको ब्यावसायीहरुले नै आरोप लगाएका छन । राज्यले सवारीको क्षमताअनुसार मात्र मालवस्तु ओसारपसार गर्न–गराउन, सडकको सुरक्षा गर्न र दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउन ट्रिपरको क्षमता निर्धारण गरेको भए पनि त्यसलाई पालना गरेको पाईदैन । स्रोत्रको अनुसार ट्राफिकलाई महिनावारी बुझाएर त्यस्ता नियम विपरीत ट्रिपरहरू खुलेआम सञ्चालनमा आएका छन ।
पूर्वाञ्चल ट्रिपर ब्यावसायी संघको महासचिव शिव पोखरेलले ब्यावसायीहरुले डाला थपेर कुदाईरहेको स्वीकार गरे । उनले भने हामीले त्यसो नगर्नु भनेकै हो तर मानेका छैनन् ।
ब्यावसायीले नियम विपरीत ट्रिपर कुदाईरहेको उनको भनाई थियो । ट्राफिकको मनपरीको कारण नियम पिवरीत ट्रिपर कुदेको उनको भनाई थियो । हामीले नियममा कुद्न आग्रह गरे पनि ब्यावसायीहरुले मानेका छैेनन् उनले भने । यातायातको परीपत्र मान्न हामीले निर्देशन दिएकै हौ उनले भने । पूर्वमा करीव ५ सय ट्रिपर सञ्चालमा छन ।
मापदण्ड विपरीत ट्रिपर चल्दा मापदण्डमा चल्नेहरुले दुख पाउँने गरेको ट्रिपर सञ्चालन गदै आएका एक ब्यावसायीले नाम नखुलाउँने सर्तमा बताए । पार्टर सिपमा ट्रिपर सञ्चालनमा ल्याउँने वताउँने उनले ट्राफिक प्रहरीको मनपरीले गर्दा मापदण्डमा पर्नेहरुलाई समस्या हुने गरेको बताए ।
सबैलाई मापदण्ड अनुसार ट्राफिकले ल्याउँन सक्नु पर्छ उनले भने । अधिकांस ट्रिपर १५ धनमिटरमा कुद्ने गरेको उनले नाम नखुलाउँने सर्तमा भने ।
यता कोशी अञ्चल यातायातका प्राविधिक अर्जुन दाहालले भने १० चक्केले १२ घनमिटर भन्दा वढि वोक्न नपाउँने बताए । ६ चक्केले ७.५ घनमिटर भन्दा वोक्न पाउँदैन उनले भने । त्यसरी फुल डाला लगाई त्यो भन्दा वढि वोके ट्राफिक प्रहरीले कार्वार्ही गर्नु पर्छ उनले भने । यता क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयका एसपी शौरभ राणाले भने प्रहरीले आर्थिक सेटिङ नगरेको बताए । उनले भने हामीले आर्थिक लेनदेन नगरेको भन्दै केहि नियममा आईसकेको भए पनि केहीलाई ल्याउँने प्रयासमा रहेको एसपी राणाको भनाई थियो ।
विभागले ०७१ को १० कात्तिकदेखि ढालाको नयाँ आयतन निर्धारण गरी १० चक्केका लागि १२ घनमिटर सामान ओसार्न पाउने व्यवस्था तय गरेको हो ।
त्यसअघि त्योभन्दा बढी सामान ओसार्न पाउने व्यवस्था थियो । अवैध रूपमा ट्रिपल चलाइएका क्षेत्रमा त्यहाँका ट्राफिकलाई समेत आर्थिक प्रलोभनमा पारेर काम गर्ने गरेको पाइएको स्रोतको दाबी छ । नेपालमा अशोक लेलेन्ड, महिन्द्रा, टाटा, आइसर, भारतबेन्ज, मानलगायत कम्पनीका ट्रिपर चलनचल्तीमा छन् ।