धरान/कोशी अञ्चल प्रहरीद्वारा सञ्चालित ‘डेल्टा अप्रेसन’ का क्रममा धरानमा लागूऔषधसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा धरान–९ मा डेरा गरी बस्ने ३२ वर्षीय मनोज माझीलाई केहीथान लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनी लागूऔषध प्रयोगकर्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय धरानले सोमबार सार्वजनिक गरेको छ । आइतबार सा“झ ५ बजे पक्राउ परेका उनी मोरङ शनिश्चरे गाविस ४ नम्बर वडाका हुन् । उनको साथबाट प्रहरीले एभिल १ एम्पुल, डाईजेलाब २ एम्पुल र लुपिजैसिक ४ एम्पुल र झोलामा लुकाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिभन २७६ क्याप्सुल फेला पारेको हो । उनलाई लागुऔषध मुद्दामा कारबाही चल्ने डिएसपी ढकेन्द्र खतिवडाले बताए ।