विजयपुर / स्थानिय तह को निर्बाचन नजिकिदै गर्दा एक नम्बर प्रदेशमा राजनैतिक दलका गतिबिधिहरु बाक्लीन थालेका छन् । संबिधानले तोके अनुसार एक नम्मर प्रदेशमा १४ ओटा जिल्ला छन् । प्रदेश नम्बर एक अन्य प्रदेशहरुको तुलनामा आर्थिक ,सामाजीक तथा शैक्षिक हिसाबले अग्र स्थानमा रहकै कारणपनि खास गरि तिन ठुला दलहरुले आफ्नो पकड जमाउन आफ्नो उपस्थिती देखाईरहेका छन् ।
१९ बर्षपछि हुन लागेको यो निर्बाचनको आर्कषण र महत्व निकै बढेको देखिन्छ । त्यति मात्र हैन संबिधानले स्थानिय तह हरुलाई निकै शक्तिशाली पनि बनाएको छ । वडा अध्यक्ष सँगपनि ‘मन्त्री’ सरहकै पावर हुने भएकाले चुनाबमा नेतृत्व हासिल गरेर आफ्नो नेतृत्वमा प्रदेशको बिकाश गर्ने दलहरुको ध्याउन्न छ ।
अहिले एमाले,काङग्रेश र माओबादीले एक नम्बर प्रदेशका वडा वडामा चुनाबी गतिबिधीलाई अगाडि बढाएका छन् । एमालेका केन्द्रिय नेताहरु पछिल्लो एक महिनामा झण्डै १० पटक एक नम्मर प्रदेशका बिभिन्न जील्लामा भएका कार्यक्रमहरुमा उपस्थित भई सकेका छन् । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रपनि भएकाले हुन सक्छ एमालेले सके सम्म अध्यक्षलाईनै आफ्ना कार्यक्रममा उपस्थिती गराई रहेको छ ।स्थानिय तहको निर्बाचनमा एमालेले एक नम्मर प्रदेशका ९० स्थानमा जीत हासिल गर्ने घोषणा समेत गरि सकेको छ ।
एक नम्बर प्रदेशमा उपमहानगरपालीका,नगरपालीका र गाउपालीका गरि १ सय ३७ स्थानिय तह छन् । दोश्रो संबिधान सभाको निर्बाचनको अबस्थालाई हेर्ने हो भने एक नम्बर प्रदेशमा एमाले अग्रस्थानमा देखिएको छ । दोश्रो संबिधानसभा निर्बाचनमा एक नम्बर प्रदेशमा पर्ने १४ जिल्लामा एमालेले २३ ओटा निर्बाचन क्षेत्रमा प्रतक्ष्य जीत हासिल गरेको थियो भने दोश्रो शक्तिको रुपमा नेपाली काङग्रेश रहेको छ । काङग्रेशले १७ स्थानमा प्रतक्ष्य तर्फ चुनाब जितेको छ ।
माओबादी केन्द्र,फोरम लोकतान्त्रीक,फोरम नेपाल र राप्रपा ले एक एक स्थानमा मात्र जीत हासिल गरेका थिए । दोश्रो संबिधान सभाको समानुपातीक तर्फको मतमा पनि एमाले नै अग्र स्थानमा देखिएको थियो । एमालेले एक नम्बर प्रदेशका १४ जिल्लामा ४ लाख ६२ हजार ७८ मत प्राप्त गरेको थियो भने नेपाली काङग्रेशले ४ लाख ४७ हजार ४ सय ६९ मत प्राप्त गरेको थियो । माओबादीले २लाख १७ हजार २ सय १८ मत प्राप्त गरि तेश्रो स्थानमा छ भने राप्रपा नेपालले १ लाख ६० हजार ६ सय ३४ मत प्राप्त गरेको थियो । एमालेका एक नम्बर प्रदेश प्रमुख भिम आचार्यले स्थानिय तहको निर्बचनमा ९० भन्दा बढि स्थानमा एमालेले चुनाब जित्ने दाबी गरेका छन् ।
उनले एमालेले संबिधान निर्माणका लागि लिएको अडन,नाकाबन्दीको बेला कायम गरेको स्वभिमान,ब्यापार बिस्तारको योजना, राष्टिूय गौरबको आयोजना आफै बनाउने घोषणा,जनमुखी र बिकाशमुखि बजेटका दृष्टिकोणबाट हेर्दा एमालेले बहुमत स्थानमा चुनाब जित्ने दाबी गरे । ‘हामीले सञ्चालन गरेका अभियान र कार्यक्रमहरुमा देखिएको जनलहरले एमालेको सानदार जीतलाई निस्चित गरेको छ’ एमालेका केन्द्रिय सचिब समेत रहेका आचार्यले भने‘जनताले देशको बिकाश गर्ने पार्टिको रुपमा एमालेलाई चिनेका छन्, हाम्रो दाबी यसैमा हो ।
नेपाली काङग्रेशले आफ्ना सभापती शेरबहादुर देउवाकै उपस्थितीमा शनिबार सुनसरीको इटहरीको कार्यक्रम सम्पन्न गरेको छ । पुर्वका बिभिन्न जिल्लाहरुमा पार्टिका केन्द्रय सदस्यहरुको उपस्थितीमा दिनहुँ जस्तो कार्यक्रमहरु भईरहेको नेपाली काङग्रेशका केन्द्रिय सदस्य बिश्वप्रकाश शर्माले बताए ।
नेकपा माओबादी केन्द्रका एक नम्मर प्रदेश इन्चार्जै साबीत्री काफ्लेले चुनाबको तयारीलाई आन्तरीक र बाह्य तरिकाबाट तिब्र पारेको बताए । हामी चुनाबको तयारीमा होमीएका छौं,एक नम्मर प्रदेशमा हामी पहिलो हुदैछौं काफ्लेले भने । राजनैतीक श्रेष्ठताका आधारमा भन्ने हो भने हामीले ठुलो जीत हासिल गरेका छौ उनले भने गाउ गाउमा सरकार पु¥याउने हाम्रो मुद्धा स्थापित भएको छ,यस अर्थमा हामीले राजनैतिक जीत हासिल गरेका छौं ।
‘ एक नम्बर प्रदेशमा यति नै सिट जीत्छौ भनेर हामी भन्दै नौ तर पहिलो हुने हामी नै हो ।’ काफ्लेले भनिन् । नेपाली काङग्रेशका केन्द्रिय सदस्य मिन बिश्वकर्माले काङग्रेश राष्टिूय स्तरमै चुनाबको तयारी गरि रहेको बताए । हामीले हाम्रा घोषणा पत्र तयारीमा जुटेका छौ,हाम्रा सबै पार्टि पत्तिंलाईपनि सक्रिय बनाउने निर्णय गरेर अगाडि बढेका छौ बिश्वकर्माले भने एक नम्मर प्रदेशमा हाम्रो संगठन पहिलेको भन्दा निकै सुधार भईसकेको छ चुनाब हामीले जित्ने कुरामा संका छैन । हामी उत्ताउलो र असान्र्दभिक कुरा गर्दैनौ,एक नम्मर प्रदेशमा काङग्रेशले सहजै जित हासिल गर्छ यहिलेलाई यती बुझौ बिश्वकर्माले भेन । स्थानिय तहको चुनाबमा भाग लिने सबै दलहरु अहिल उमेद्धार घोषणा गर्ने तयारीमा जुटेका छन् । एक नम्बर प्रदेशमा चुनाबको रौनक बढेको देख्न सकिन्छ ।