धरान/धरानमा यसअघि भएका चुनावी मत परिणामलाई हेर्दा कम्युनिष्ट पार्टीहरूकै वर्चश्व रहेको छ । २०६४ सालमा भएको पहिलो संविधानसभाको मत परिणाममा तत्कालीन एमाओवादी (हालको माओवादी केन्द्र) ले विजय हासिल गरेको थियो । त्यस बेलामा माओवादीले १८ हजार ६ सय २० मत र एमालेले ११ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए भने काङ्ग्रेसले ६ हजार ५ सय ३० मत प्राप्त गरेको थियो । त्यस बेला सङ्घीय समाजवादी फोरम थिएन । त्यस्तै २०७० को दोस्रो संविधानसभाको चुनावमा एमालेले वर्चश्व कायम गरेको छ । एमालेले १४ हजार ३ सय ८४, काङ्ग्रेसले १२ हजार ३ सय ३७ र माओवादी केन्द्रले ९ हजार २५ मत प्राप्त गरेका थिए भने सङ्घीय समाजवादी पार्टीले ३ हजार ८ सय ९ मत प्राप्त गरेको जिल्ला निर्वाचन आयोगका सूचना अधिकृत शान्तिबहादुर अधिकारीले बताए । धरानमा २८ वटा मतदान स्थल स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सुनसरी क्षेत्र नम्बर एकमा २८ वटा मतदान स्थल तोकेको छ । केही वडाहरूमा दुईवटा मतदान स्थल छन् भने अधिकांशमा एउटा मतदान स्थल छन् । निर्वाचन आयोगका अनुसार धरानका १ नम्बर, २ नम्बर, ४ नम्बर, ८ नम्बरमा, १२ नम्बर, १५ नम्बर, १७ नम्बर र २० नम्बर वडामा दुईवटा मतदान स्थल तोकिएका छन् भने अन्य वडाहरूमा एक ठाउँमै मतदान स्थल तोकिएको छ । क्षेत्र नम्बर एकमा कुल मतदाता सङ्ख्या ७८ हजार एकसय ४ जना छ । धरानमा मेयरका प्रबल दाबेदारहरू