धरान/पत्नी हत्यामा आत्मसमर्पण गरेका रेखराज राईले ‘पत्नीमाथि लान्छना’ लगाएर आफू बच्न प्रहरीमा बयान दिएको परिवारजनले बताएका छन् । फागुन ३० गते होलीका दिन ओखलढुङ्गा घर भई धरान–१९ किरातचौकमा अस्थायी रुपमा बस्दै आएका रेखराजले आफ्नै श्रीमती पबिलाको हत्या गरेका थिए । हत्यापछि फरार उनले झण्डै १६ दिनपछि काठमाडौं गौशाला वृतमा आत्मसमर्पण गर्न पुगेका थिए । आत्मसमर्पणपछि प्रहरीलाई दिएको बयान कपोकल्पित रहेको मृतक पविलाकी दिदी अम्बिका राईले आइतबारको पत्रकार सम्मेलनमा बताइन् । आफ्नो कर्तुत ढाक्नको लागि बहिनीमाथि जथाभावी आरोप लगाएको र उक्त आरोप सत्य नभएको अम्बिकाले जिकिर गरिन् । रेखराजले पैसा पठाइदिएको र अनैतिक सम्बन्धको जुन कुरा छ त्यसमा कुनै सत्यता नभएको उनले बताइन् । पबिलालाई लामो समयदेखि रेखराजले पैसा नपठाएको कारण परिवारकै सहयोगमा उनले दैनिकी चलाइरहेको उनले बताइन् । यस बारेमा अन्य अाफन्तजनले पनि यस अघि बताएका थिए । मृतकका दाजू रामबहादुर राई र दिदी अम्बिकाराईद्वारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा सामान्य घरायसी र व्यवहारिक कुरालाई लिएर भएको क्रुर अपराधबाट उन्मुक्ति पाउन कपाेकल्पित बयान दिएकाले रेखराजलार्इ कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले कतिपय सञ्चारमाध्यमहरुले वास्तविकता भन्दा बाहिर रहेर समाचार सम्प्रेषण गरेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘वास्तविकता नै नबुझी वा बुझ्ने प्रयाससमेत नगरी एकातर्फी समाचार सम्प्रेषण हुदा मृत आत्मलाई अन्ययय भएको छ ।’ विज्ञप्तिमा लेखिएको छ । विदेशबाट पठाएको पैसाले धरान–१९ प्रगतिचोकमै ५ धुर जग्गा खरिद गर्दाको ऋण रहेको उनले प्रष्टाए । तर, रेखराजले पैसा सक्यो भनेर जुन खाल्को आरोप लगाएको छ त्यो आरोपमा कुनै सत्यता नरहेको उनले बताइन् । त्यस्तै परपुरुषस“ग लगाएको आरोप पुष्टी हुने आधार नभएकाले केवल अपराधबाट आफू चोखिनको लागि लगाएको कपोकल्पित आरोप रहेको परिवारले ठहर गरेको छ । त्यस्तै रेखराजले आफूले ५ महिना अघि आएको कुरामा कुनै सत्यता नभएको बताए । उनीसगै बैदेशिक रोजगारबाट फर्किएका साथीले फागुन १९ गते नै आफूहरु नेपालमा प्रवेश भएको पत्रकार सम्मेलनमा बताएका थिए । उनले घटना भएको १२ दिन अघि मात्रै आएको र त्यो कुरा पासपोर्टलेसमेत पुष्टी हुने बताए । परिवारले रेखराजले सुनियोजित रुपमा हत्या गरेर सुनियोजित रुपमै आत्मसमर्पण गरेको दाबी गरेका छन् ।