चक्रघट्टी / आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि वराह नगरपालिकामा राजनीतिक दलहरूको चहलपहल बढेको छ । स्थानीय स्तरमा रहेका सात राजनीतिक दलमध्ये एमाले, काङ्गे्रस, माओवादी केन्द्र, राप्रपालगायतका दलहरू नगर समिति गठनदेखि वडा कमिटी गठनसम्म लागेका छन् । यस क्रममा एमालेले निलम खनालको नेतृत्वमा नगर कमिटी गठन गरिसकेको छ । त्यस्तै, काङ्गे्रसले क्षेत्रीय अगुवा कार्यकर्ता भेला गरेको छ । नगरका काङ्गे्रस, माओवादी केन्द्र र एमालेको चैत २० सम्ममा ११ वटै वडामा वडा भेला गरिसक्ने योजना छ । त्यस्तै राप्रपाले दीपक कार्कीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । सङ्घीय समाजवादी फोरम, नेकपा माओवादी क्रान्तिकारी, नयाँ शक्ति पार्टीहरूले भने खासै चुनावी चहलपहल गरेको देखिएको छैन ।