इटहरी/सरकारले वैशाख ३१ गते तोकेको स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली काग्रेसले इटहरीमा शक्ति प्रदर्शन गरेको छ । सुनसरी क्षेत्र नम्वर १ को आयोजनामा भएको कार्यक्रममा क्षेत्रका कार्यकर्ताको बाक्लो उपश्थिती रहेको थियो ।
[caption id="attachment_38210" align="alignnone" width="960"]
तस्विरः ब्लाष्ट/बाबुराम सुवेदी[/caption]
विभिन्न टोलबाट नारा जुलुस र मोटर साइकल ¥याली सहितका कार्यकर्ताको प्रदर्शन इटहरीस्थित जनता स्कुलको खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेपाली काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवासहित पार्टीको केन्द्रीय, जिल्ला, क्षेत्रीय तथा नगर स्तरका नेताहरुले सम्वोधन गरेका थिए ।
स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा हजारौंको संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो भने जातीय झाँकी सहित महिलाहरु सहभागि भएका थिए । मुलुकमा लामो समय पछि स्थानीय निकायको निर्वाचन हुन लागेकोले अवको पार्टीका एजेण्डा बुझ्न पनि कार्यक्रममा सहभागी भएका हुन् ।
–उवासंघ झुम्का अध्यक्ष सहित पाँच सय बढी कार्यकर्ता काँग्रेसमा प्रवेश
–निर्वाचन विरोधीलाई जनताले सजाय दिन्छन्–देउवा
|
प्रायः सभा सम्मेलनमा सहभागी भएर कार्यकर्ता हिडी हाल्ने भए पनि झण्डै चार घण्टा लामो कार्यक्रममा कार्यकर्ताहरु ढुक्क सँग बसेका थिए । कार्यक्रममा बोल्दै नेताहरुले अव हुने स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले अधिकाँश स्थानमा जीत हासिल गर्ने दावी गरे ।
लामो समय नेकपा एमालले जित्दै आएको इटहरीमा पनि शनिबारको उपश्थितीले काँग्रेसले जित्ने विस्वास बढेको आयोजकले बताएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरी सहित पाँच सय बढीको संख्यामा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रमलाई सम्वोधान गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन सहभागी नहुने दल र नेतालाई नेपाली जनताले निर्वाचनमा सहभागी भएर सजाय दिने बताएका छन् । लामो समय मुलुकमा स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा हुन लागेको अधिकार सम्पन्न सहितको स्थानीय निकायको निर्वाचन विरोधीहरु आफैं पाखा लाग्ने बताए ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर २ ले शनिबार इटहरीमा आयोजना गरेको क्षेत्रीय भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधान कार्यान्वयन गरी जनतालाई अधिकार सम्पन्न बनाउन निर्वाचनको विकल्प नभएको बताए । निर्वाचन भाँड्नका लागि केही दल र नेताले मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रबादको नाममा मुलुकलाई विखण्डन गर्न लागेको भन्दै उनले सजग हुन आग्रह गरे ।
‘अहिले तराई, पहाड र हिमाल जोडने राष्ट्रवाद चाहिएको छ’ इटहरीस्थित जनता स्कुलको खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सम्वोधन गर्दै सभापति देउवाले भने ‘काँग्रेसले मुख्य एजेन्णा पनि यही हो ।’ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्मा, विश्वप्रकाश शर्मा, डिला संग्रौला, सिताराम मेहेता, सुनसरी सभापति राजिव कोइराला, सप्तरी सभापति दिनेश यादव, जिल्ला सचिव केदार भण्डारी, महा समिति सदस्य राजिव ढुङ्गाना, इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, विरेन्द्र कार्की, नेविसंघ केन्द्रीय उपाध्यक्ष विकास केसी, तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ, रामधुनी भासी सभापति सुदिप अधिकारीलगालका नेता सम्वोधन गरेका थिए ।