धरान/सुनसरीको इटहरीमा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ ।
[caption id="attachment_38210" align="alignnone" width="960"]नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई माला पहिर्याउदै नेता कार्यकर्ताहरु । तस्बिरहरुः बाबुराम सुवेदी[/caption]
स्थानीय चुनाव नजिकिदै जादा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रमको पूर्व सन्ध्यामा पार्टी कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका हुन् ।
स्थानीय निकायको चुनावलाई लक्षित गर्दै पार्टीले देशका विभिन्न भागमा कार्यक्रमहरु गरिरहेको छ । यसै अन्तर्गत इटहरीमा गरिएको हो । कार्यक्रममा जिल्लाका कार्यकर्ता तथा केन्द्रीय स्तरका नेताहरुको उपस्थिति रहेको छ ।
उनीहरुले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । पार्टीको स्थानीय निकायमा वडा सदस्यदेखि वडा अध्यक्ष, नगरपालिकाहरुम मेयर तथा उपमेयरको चुनावी मैदानमा होमिइरहेका छन् ।