धरान/सासु बुहारीलाई गोली हानि हत्या गर्ने अभियुक्तलाई मोरङ प्रहरीले शुक्रबार सार्बजनिक गरेको छ । मोरङ प्रहरीले बिराटनगर–१२ का २६ बर्षिय बिष्णुकुमार डाँगालाई पक्राउ सार्बजनिक गरेको हो ।
डाँगाले केही हप्ता अघि मोरङको कटहरीस्थित एकै परिवारका सासु वुहारीको हत्या गरेका थिए ।उनी मृतककै आफन्त भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका उपरीक्षक (एसपी) सन्दिप भण्डारीका अनुसार क्षेत्रिय प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त प्रयासमा विष्णुकुमार पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त बिष्णुकुमारले चैत ४ गते अपराहृन कटहरी १ आर्दश टोलस्थित इन्द्रचन डागाको घरमा प्रवेश गरी श्रीमती दिपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागालाई गोली हानेका थिए ।
प्रहरीले घटनामा प्रयोग गरिएको मेडइन युएस ए लेखिएको म्यागजिनसहित पेस्तोल एक थान, गोलीका खोका ३ थान, फायर भएको वुलेट एक थान समेत सार्वजनिक गरेको छ ।