इटहरी/ नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले विद्यालयमा कार्यक्रम सञ्चालन गर्दा ड्रोन क्यामरा प्रयोग भएको पाइएपछि इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

इटहरीस्थित कस्तुरी कलेजमा एक्रेटिम मिडिया प्रालिले आयोजना गरेको एशिया लेवल क्वीज मिनियाको प्रतियोगितामा प्रयोग गरिएका ड्रोन क्यामरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रशासनबाट अनुमति नलिई ड्रोन क्यामरा प्रयोग गर्न नपाइने भएकोले नियन्त्रणमा लिएर कार्यक्रम सकिए पछि फिर्ता दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।

एशियन स्तरीय क्वीज कन्टेस्टका लागि प्रालिले शुक्रबार इटहरीमा अन्तर प्लस टु क्वीज कार्यक्रमको आयोजना गरेको थियो । प्रतियोगितामा धरान र इटहरीका १६ वटा प्लस टुका विद्यार्थीहरुको सहभागिता रहेको कमलेश शर्माले जानकारी दिए ।

अन्तिम चारमा छनौट भएका नेशनल कलेज धरान, युरेका आवासीय उच्च मावि धरान, कोशी सेन्ट जेम्स इटहरी र कस्तुरी कलेज बीच भएको प्रतियोगिताबाट कोशी पहिलो भएको बताइएको छ ।

सो प्रतियोगिता विराटनगरमा भएको र झापामा हुनेछ । राष्ट्रिय स्तरबाट एशियन स्तरमा सो प्रतियोगिता आयोजकले जनाएको छ ।