धरान/बराहताल गाउँपालिका (साबिकको कुनाथरी–८) का एक बालकमाथि सामान छोएकै निहु“मा नीलडाम हुने गरी कुटपिट गरेको छ ।

कुटपिट गरेको भन्दै उनको आमाले प्रहरीमा उजुरी दिएका छन् । ९ वर्षीय भीमबहादुर परियारलाई सामान छोएकै निहुमा स्थानीय भरत साहीले कुटपिट गरेको भन्दै आमा जयसराले उजुरी दिएकी हुन् । छिमेकी बाटु साहीका छोरा चक्रबहादुरले सामान ल्याउन पठाएको आधारमा आफ्नो छोरा सामान लिएको आएको निहुमा अर्को छोरा भरतले कुटपिट गरेको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भेटिएकी उनले तीनै जनाको नाममा उजुरी दिएकी छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले कथित माथिल्लो जातिकी बाटु शाही र उनका दुई छोरा चक्रबहादुर, भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै उजुरी दिइन् ।
प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ बमोजिम उनको उजुरी दर्ता गरेको छ ।