खोटाङ/ मिलको फित्तामा बेरिएर खोटाङमा महिलाको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न गएकी जालपाकै  बिनाकुमारी श्रेष्ठको ज्यान गएको हो ।

बिनाकुमारीले ओढेको सल मिलको फित्तामा बेरिएर लतारिएकी श्रेष्ठको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।