नेपाली काग्रेस क्षेत्रनम्बर २ ले आयोजना गर्ने लागेको बृहत क्षेत्रीय भेलामा सभापति देउवा आउँने भएका हुन । क्षेत्रीय भेलामा हजारौ कार्यकर्ता उपस्थित हुने नेपाली काग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठले जनाए ।
सभापति आउँने भए पछि विभिन्न समिति तथा उपसमितिहरु बनाई भेलाको ब्यापक तयारी गरीएको सभापति श्रेष्ठको भनाई थियो । नजिकिदै गरेको स्थानीय निर्वाचनलाई मध्यनजर गदै आगमी १९ गते वहृत भेला आयोजना गरेको काग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली काग्रेसले पछिल्लो समय संगठन विस्तार गर्नु आवश्यक रहेको कारण संगठन विस्तारमा लागेको क्षेत्रीय सभापति श्रेष्ठको भनाई थियो ।हामी अहिले संगठनलाई मजवुत बनाउँदै स्थानीय निर्वाचनको तयारीमा लागेको बताए । अहिले वडा कार्यलयहरुमा ब्यापाक तयारी गरीरहेको काग्रेस क्षेत्रीय सभापति श्रेष्ठको भनाई छ ।
नेपाली काग्रेसले इटहरीमा १० हजार भन्दा वढि कार्यकर्ता उत्रार्ने तयारी गरेको काग्रेस क्षेत्रीय सचिव रमेशकुमार पोखरेलको भनाई छ ।नेपाली काग्रेसले चुनावी माहोल बनाउँन क्षेत्रीय सभापतिलाई इटहरीमा ल्याई अन्य पार्टीबाट ५ सय भन्दा बढि कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम समेत रहेको पोखरेलको भनाई थियो । पार्टी सभापति सँगै करीव आधा दर्जन केन्द्रिय नेताहरुको उपस्थित हुने नेपाली काग्रेस क्षेत्रनम्वर २ ले जनाएको छ ।