काठमाडौं । स्थानिय निकायको चुनावको सरगर्मी बढीरहेकै बेला राजेश हमाल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । परम्परागत पार्टीले विकास र निकास दिन नसकेको भन्दै हमाल माओवादी केन्द्रमा प्रवेश गरेका हुन । तर उनी नेपाली सिने क्षेत्रका महानायक हमाल भने होइनन ।
पर्वत जिल्लाको ग्राम प्रकाश बहुमुखी क्याम्सका स्ववियु सभापति राजेश हमाल अनेरास्ववियु परित्याग गरि माओवादी केन्द्रको अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन । एक कार्यक्रमा बिच उनले एमाले छोडेको घोषणा गरेका हुन । उनीसंगै २०जना अन्य विद्यार्थी नेताहरु क्रान्तिकारीमा प्रवेश गरेको अखिल क्रान्तिकारीमा महासचिव बीरेन्द्र बस्नेतले जानकारी दिए । हमाल एक महीनाअघि मात्रै एमाले अखिलबाट स्ववियु सभापतिमा निर्वार्चित भएका थिए ।