काठमाडौं/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच मंगलवार भेटघाट भएको छ ।

गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

दाहालका अनुसार भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।

जबाफमा राजदूत पुरीले नेपालको संबिधानसभा निर्बाचनमा पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गर्ने उल्लेख गरे ।

भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गरेका छन् ।

राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।