काठमाण्डौं /सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार तत्काल प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समिति बैठकमा धनराज गुरुङलगायतका नेताहरुले काँग्रेस अदालतको फैसलाविपरीत जानै नसक्ने भन्दै नेतृत्वलाई सच्चिन दबाब दिएका हुन् । बैठकमा गुरुङले राजदूत र प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति प्रकरणमा नेतृत्वले गम्भीर गल्ती गरेर पार्टीकै साख गिराएको आरोप लगाएका छन् । उनले न्यायालयको आदेशलाई विगतका राजा महाराजाहरुले समेत शिरोधार्य गर्दै गुमेको साख फिर्ता गराउनुपर्ने अडानसमेत राखे ।