तरहरा / नेकपा माओवादी केन्द्र सुनसरीले जिल्लाको तल्लो तह सम्मका कार्यकर्ताहरूलाई चुनावको माहोलन वनाउँन लागी परेको छ । लामो समय पछि हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरी कार्यकर्ताहरूलाई चुनावमा लाग्न आग्रह गदै जिल्लाका नेताहरू स्थानीय चुनावमा होमिन थालेको नेताहरूले वताएका छन ।
पार्टीको पुरानो तर निस्कृय नेताहरूलाई समेत फकाउँदै चुनावी माहोल वनाउँ थालेको माओवादी केन्द्र सुनसरीले जनाएको छ । पार्टी एकीकरण सँगै संगठनलाई वलियो वनाउँन लागी परीरहेको वताए ।
माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा इटहरी उपमहानगरपालीको अध्यक्ष सागर सुवेदीले चुनाव घोषणा सँगै पार्टीलाई संगठित गर्ने लागीरहेको वताए । पहिला माओवादी छोड्नेहरूलाई समेत हामीले संगठनमा ल्याउँदै छौ । विचमा पार्टी छोडेकाहरूलाई पनि हामी माओवादी केन्द्रमा फर्काउँदै छौ । जिल्लास्तरीय नेताहरू अहिले वडा हेर्ने भनेर खटीरहनु भएको छ । सबै क्षेत्रका चुनावलाई जित्न हामी औरात्र खटीरहेको छौ अध्यक्ष सुवेदीले भने ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्ष मदन चुडालले स्थानीय चुनावलाई लक्षित गरी आफ्नो संगठनहरूलाई ब्यवस्थीत गदै गईरहेको वताए । न्युटल भोटहरूलाई कसरी आफ्नो पक्षमा ल्याउँने भन्ने विषयमा समेत माओवादी केन्द्र लागी परेको वताए । सबै भन्दा बढि यो देशमा चुनाव माओवादी केन्द्रलाई लागेको छ । पार्टी हारे पनि देश हार्नु हुन्न भन्ने हाम्रो अभियान हो हामी चुनावी माहोल तयार गर्ने लागी परेको छौ केन्द्रिय सदस्य चुडालले भने । हामी तल्लो तहको संगठन देखि माथिल्लो तहका संगंठनहरू स्थानीय चुनावको माहोल वनाउँन लागेका छौ उनले थपे ।
नेकपा माओवादी केन्द्र सुनसरी अध्यक्ष सरस्वती पोखरेलले तयारी भईरहेको वताईन । भर्खरै पार्टी एकता भएको कारण संगठानीक अभियानमा ब्यस्त छौ । पार्टीवाट विरत्तीएर हिडेकाहरूलाई पनि हामीले पार्टीमा ल्याउँने पहल थालेका छौ । पार्टी एकता पछाडी चुनावमा लाग्न कटिवद्ध रुपमा लागी परेको छौ । हामी उत्साहको साथ चुनावमा लागी परेको जिल्ला अध्यक्ष पोखरेलले वताईन । पार्टी एकता पछि आफुहरू उत्साहको साथ चुनावी मौदानमा होमिएको अध्यक्ष पोखरेलले वताईन ।